गण्डकी प्रदेशमा नेकपा एमालेका उम्मेदवारहरु अर्जुनकुमार सुनाम, पुण्यप्रसाद पौडेल र लीला थनेत। तस्वीर साैजन्य: सञ्जय रानाभाट
स्याङ्जाका अर्जुनकुमार सुनाम, कास्कीका पुण्यप्रसाद पौडेल र महिलामा नवलपुरकी लीला थनेतले मनोनयन दर्ता गराएको एमाले प्रदेश सचिव धनञ्जय दवाडीले जानकारी दिए ।
गण्डकीमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी कमला पन्त, माओवादीका सुरेश आलेमगर र भुवन सुनारले दिउँसो एक बजे मनोनयन दर्ता गराउने कांग्रेस गण्डकी प्रदेश महामन्त्री विष्णु लामिछानेले जानकारी दिए ।




