
जुम्ला । डिल्पोमा ईन्जिनियर्स एशोसिएसन नेपाल(डिन) को जिल्ला कार्य समिति जुम्लाको अध्यक्षमा सन्तोष खत्री निर्विरोध चयन भएका छन् । शनिवार सम्पन्न जुम्लामा सम्पन्न (डिन)को प्रथम जिल्ला सम्मेलनबाट खत्री अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
साथै जिल्ला कार्य समितिको उपाध्यक्षमा दत्त भण्डारी,सचिवमा निराजन उपाध्याय,सह–सचिवमा प्रबेश महतारा र कोषाध्यक्षमा सामु तामाङ्ग चयन भएकी छन् । सदस्यमा निर्मला गुरुङ,तेजेन्द्र सुनार,भिम भण्डारी,श्रीकृष्ण भण्डारी,हेमराज महत,लोक बहादुर भण्डारी,राज बहादुर खत्री र खड्ग अधिकारी चयन भएका हुन् ।
प्रथम जिल्ला सम्मेलनबाट डिल्पोमा ईन्जिनियर्स एशोसिएसन नेपाल(डिन)को केन्द्रिय प्रतिनिधिमा अमरसिंह खत्री,रविन्द्र महतारा,मीनराज खत्री र सुवास महतलाई चयन सर्वसम्मत चयन गरिएको छ । भने, डिनको प्रदेश प्रतिनिधिका लागि पनि तीन जनालाई छनोट गरिएको छ । जसमा जीवन बानियाँ,मिन बहादुर भण्डारी र बरम गिरी रहेका छन् ।
साथै डिन जुम्लाको ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । जसको संयोजकमा नविन महत र सह–संयोजकमा डिल्ली बहादुर बुढा रहेका छन् । भने,सल्लाहकार समितिको सदस्यमा जनक थकाली धनप्रसाद चौलागाई र जनेश बुढ्थापालाई चयन गरिएको छ ।
प्रथम जिल्ला सम्मेलनमा बोल्दै जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकालीले नयाँ कार्यसमितिले प्राविधिक धारका कर्मचारीहरुको पेशागत हक अधिकारको सुरक्षा र क्षामता बृद्धिका लागि संगठन विस्तारमा विशेष जोड दिनु पर्ने बताए ।
पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य पुर्ण प्रसाद चौलागाईले नयाँ कार्यसमितिलाई बधाई दिदै जिम्मेवारी पाउनु,पद लिनु मात्र ठुलो कुरा नभई प्राप्त जिम्मेवारी कुशसलता पुर्वक निभ्याउन चुनौती रहेको बताए । केन्द्र हुदै प्रदेश सम्म डिनको प्रतिनिधित्व जूम्लाले अब्बल रुपमा गर्नुपर्नेमा समेत उनले जोड दिए ।
डिल्पोमा ईन्जिनियर्स एशोसिएसन नेपाल(डिन) जुम्लाका नवनिर्वाचित अध्यक्ष सन्तोष खत्रीले संगठन विस्तार,पेशागत सुरक्षा लगायत कार्यसमितिले गर्ने काम एक व्यक्तिको एकल प्रयासले सम्भव नहुने भन्दै सबैको साथ सहयोगको अपेक्षा गरेको बताए । पुराना व्यक्तिको अनुभव र नयाँ साथीको सहयोग रचनात्मक सुझावले डिल्पोमा ईन्जिनियर्स एशोसिएसन नेपाल(डिन) लाई जूम्लामा अब्बल संगठन बनाउन लागि पर्ने समेत उनको भनाई छ ।
यस अघि डिन जुम्लाको तदर्स समितिको अध्यक्षमा धनप्रसाद चौलागाई लिए । लामो प्रयास र सबै प्राविधिक धारका कर्मचारीहरुको सक्रियताले डिल्पोमा ईन्जिनियर्स एशोसिएसन नेपाल(डिन)ले पुर्णता पाएको छ । अब प्राविधिक धारका कर्मचारीहरुको पेशागत सुरक्षामा उक्त संगठनले उल्लेखीय काम गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा ५० जना भन्दा बढीको सहभागिता थियो ।



