
जुम्ला । जुम्ला प्रदेश (ख)मा एकिकृत समाजबादीका पदम रोकायाको सुरुदेखि अग्रता कायम रहेको छ । दिउँसो ३ः२० बजे सम्म ७४९५ मत गणना गर्दा नेकपा एसका रोकायाले २७२० मत प्राप्त गरेका छन् । भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका टेकराज पछाईले २४४१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
एकिकृत समाजबादीका रोकाया एमालेका पछाई भन्दा २७९ मतान्तरले अघि रहेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार धन बहादुर बस्नेतलले १८२९ र नेमकिपाका विर्ख रावतले ४२६ मत प्राप्त गरेका छन् ।
यहाँका आठ पालिकाका १ सय ६ वटा मतदान केन्द्रका मतमेटिकाहरु मिसाएर गणना भईरहेको छ । उता प्रदेश (क)मा स्वतन्त्र उम्मेदवार देबेन्द्र बहादुर शाहीकै फराकिलो अग्रता कायम छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार



