
जुम्ला । जुम्ला प्रदेश सभा (ख) मा एमाले पार्टीका उम्मेदवार टेकराज पछाई निर्वाचित भएका छन् । कर्णाली प्रदेश सरकारका बहालवाला भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायालाई पछाईँले १ हजार ११२ मतले पराजित गरेका हुन् ।
२० हजार ६ सय १६ मत खसेकोमा एमालेका पछाईँले ७ हजार ८ सय २७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । रोकायले ६ हजार ७ सय १५ मत प्राप्त गरेका हुन् । एकीकृत समाजवादीको जुम्ला जिल्ला इन्चार्ज समेत रहेका रोकायालाई कांग्रेस–माओवादीको साथ रहँदा पनि पराजित बने । एमाले नेता पछाईँ एमाले प्रदेश कमिटीको उपसचिव हुन् । विद्यार्थी जीवनदेखि राजनीतिक गर्दै आएका पछाई पहिलो पटक कर्णाली प्रदेश सभाको सांसद बनेका हुन् ।
प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार



