जुम्लामा ३१ वर्ष मुनिका तीन युवा सांसद

जुम्ला, जुम्लाले संघीय संसदमा प्रत्यक्षतर्फ एक मात्र प्रतिनिधि पाए पनि समानुपातिकतर्फ तीन सांसद पाएको छ । चारमध्ये तीन सांसद ३१ वर्षमुनिका दिएर जुम्ला युवा राजनीतिज्ञहरूको सम्भावना भएको जिल्ला पनि सावित भएको छ ।

प्रत्यक्ष तर्फ निर्वाचित भएका राप्रपा प्रवक्ता ज्ञान बहादुर शाही ९ज्ञानेन्द्र० अहिले ३० बर्षका भएका छन्।

यसैगरी जुम्लामा समानुपातिकतर्फ पनि तीन सांसद निर्वाचित भएका छन्। जसमा रास्ट्रिय स्वतन्त्र पार्टीकी विनिता कठायत, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कान्तिका सेजुवाल र नेकपा माओवादी केन्द्रकी छिरिङ लामा रहेका छन्।

यी तीनमध्ये विनिता २७ वर्ष र छिरिङ ३१ वर्षका हुन् ।

समानुपातिकमा १० हजार ५ सय ४८ मत सहित पहिलो भनेको नेकपा एमालेबाट भने जुम्लामा कोहि पनि पर्न सकेका छैनन्।

नेपाली काँग्रेसले १० हजार ४ सय ७६ मत प्राप्त गरेको थियो भने माओवादी केन्द्रले ८ हजार ९ सय ६० मत प्राप्त गरेको थियो।

त्यसैगरी राप्रपाले ५ हजार ७ सय ९६ मत प्राप्त गरेको थियो भने राष्ट्रिय स्वतन्त्र पाटिले ८९९ मत प्राप्त गरेको थियो।

प्रकाशित मिति : २०७९ मङ्सिर २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस