
जुम्ला । जुम्लामा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । विहिबार दिउँसो तिला गाउँपालिका ३ त्रिवेणीमा क १ स ११ नम्बरको अटो दुर्घटना हुँदा तातोपानी गाउँपालिका वडा नम्बर १ बाईराँका निवासी अन्दाजि २९ वर्षका पुरन सार्कीको घटना स्थलमै र तिला ३ थापागाउँ निवासी अन्दाजी वर्ष २० का आकास थापाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको जुमका प्रहरी नायब उपरिक्षक (डिएसपी) नरेन्द्र चन्दले बताउनुभयो ।
डिएसपी चन्दका अनुसार,अटोमा रिक्सामा दुईजना मात्रै सवार रहेको थिए । तिलाको त्रिवेणीबाट बजार तर्फ फर्किने क्रममा चालकले नभइ अर्को व्यक्तिले चलाउँदा दुर्घटना भएको प्रहरीको दाबी छ । अटो चलाउने वास्तविक चालक फरार भएकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ पुष २१ गते बिहिवार



