मार्सीफाँट मासेर ठडिदै घर,मुखदर्शक स्थानीयतह

जुम्ला । कर्णाली समृद्धिको प्रमुख आधार मध्य एक हो कृषि क्षेत्र । कृषिमा आत्मनिर्भर कर्णालीलाई प्रदेश सरकार र यहाँका ७९ वटै स्थानीयतहले आवश्यक नीति कार्यक्रम र लगानी बढाउन सकेन आयात प्रतिस्थापन गर्न सक्ने अधिकतम सम्भावना छ ।

उत्पादन बढाउने नीति र उत्पादित वस्तुको बजारको अभावले कर्णालीका खाद्यान्न बाली निर्यात हुन सकेको छैन । आफ्नै उत्पादनले ५र६ महिना नपुग्ने कर्णाली आयातकै भरमा निर्भर छ ।

बढ्दो जनसंख्याका कारण पछिल्लो समय अव्यवस्थित घर निर्माणले खेतीयोग्य जमिन मासिँदैै गएको छ । धान, जौ, गहुँ र तरकारी फल्ने खेतीयोग्य जमिनमा पछिल्लो सयम तीब्र गतिमा निर्माण हुँदै गएका घरका कारण खेतीयोग्य जमिन मासिँदै गएको हो ।

जुम्लाका आठै स्थानीयतहका सबै क्षेत्रको खेतीयोग्य जमिनमा कंक्रिट संचना ठडिएका छन् । जसले गर्दा उत्पादनसंगै क्रमिक रुपमा खेतीयोग्य जमिन घट्दै गएको छ ।
जुम्ला सदरमुकामको पूर्व राजसिमदेखि पश्चिम कारागरासम्मका धान, जौ, गहुँ फल्ने मार्सी फाँटमा संघियता कार्यान्वयनपछि ह्वात्तै कंक्रिट संचना निर्माण बढेका छन् ।

चन्दननाथ नगरपालिकाको वडा नं। ५ र ६ को मार्सीफाँट कंक्रिट संरचनाले भरिएको छ । ५र६ वर्षको अवधिमा सयौको संख्यामा घरहरु निर्माण भएका छन् ।

यदपी,चन्दननाथ नगरपालिकाले विगत ५ वर्षपहिले नै खेतीयोग्य जमिनमा कंक्रिट संरचनाले भरिन थालेपछि घर निर्माण तथा खरिद बिक्री गर्न नपाइने मापदण्ड बनाएको थियो ।

उत्पादनमा वृद्धि, खेतीयोग्य जमिनको संरक्षणका लागि नगरपालिकाले मापदण्ड बनाए पनि कार्यान्वयन हुन नसक्दा मनपरी मापदण्डविपरित जग्गाको खरिद बिक्री रोकिएको छैन् ।

चन्दननाथ नगरपालिका क्षेत्रको राजसिम ज्यूलो, छिना ज्यूलो, छिना साघु ज्यालोका खेतीयोग्य जमिनको खरिद बिक्री बढेको छ । जसले गर्दा धमाधम घर निर्माण भईरहेका छन् । यहि रफ्तारमा कंक्रिट संचरना निर्माण हुदैँ खण्डको केही वर्षमै जुम्ला सदरमकाममा फाँर्सिफाँट नदेखिने सम्भावना छ ।

खरिद बिक्रीले जग्गा मासिँदै

नगरपालिकाले खेतीयोग्य जमिनमा घर निर्माण तथा खरिद बिक्री गर्न नपाइने मापदण्ड बनाएको थियो । तर नगरभित्रका स्थानीयले मापदण्डको ख्याल नगरी जगाको खरिद बिक्री गरिरहेका छन् । जसका कारण जग्गा खरिद गर्नेहरूले खेतीयोग्य जमिनमै घर निर्माण गरिरहेका हुन् ।

किसानले आवश्यकता परिपूर्तिका लागि बाहिरका व्यक्तिलाई जगाा बेच्ने किन्ने मापदण्ड विपरित घरनिर्माण गरेपछि खेतीयोग्य जमिन मासिँदै गएको छ ।

जुम्लाका बरिष्ठ किसान रामकृष्ण बुढ्थापा भन्छन्,ूउत्पादनसँग कुनै वास्ता नगरी घर निर्माण हुन थालेपछि आगामी केही वर्षभित्रै जुम्लाका खेतीयोग्य जमिनमा घरले ढाकेको देख्न सकिन्छ । जग्गााको खरिद बिक्री रोक्न नगरपालिका संवेदनशील देखिदैन् । यसले गर्दा मार्सीफाँट मात्र नमासिएर उत्पादनै लोप हुने अबस्था छ ।ू

किसानलाई जगा बिक्री तथा घर भवन निर्माण नगर्न सुझाव दिने र अटेरी गरे सिधै सरकारी सेवा सुविधा कटौती गर्ने सम्मको नीति बनाउन आबश्यक रहेको उनको भनाई छ ।

चन्दननाथ नगरपालिकाले जग्गाको खरिद विक्रिलाई व्यवस्थित बनाउन गम्भीरता नदेखाउँदा यसको असर भविष्यमा भोक्नु पर्ने स्पष्ट छ । चन्दननाथ नगरपालिकाले मात्र नभई जुम्लाका आठै पालिकाले खेतीयोग्य जमिन बचाउने र घरजग्गा खरिद विक्रि व्यवस्थित गर्ने नीति ल्याउन जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकालीले सुझाव दिए ।

चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले नगरपालिका क्षेत्रको खेतीयोग्य जमिन संरक्षण गर्न गुरुयोजनानै बनाउन थालेको बताए ।

उनले भने,ूनगरका १० वटै वडाबाट खेतीयोग्य जमिनको लगत संकलन हुँदै छ । अत्यधिक मार्सिफाँट मासिएको वडा नं।५ र ६ ले खेतीयोग्य जमिनमा घर लगाउनै नमिल्ने निर्णय गरिसकेका छन् । त्यसको कार्यान्वयनलाई नगरपालिकाले जोड दिन्छ ।ू

नगरपालिका क्षेत्रमा विगतदेखि खेतीयोग्य जमिनमा बढ्दै गएको कंक्रिट संरचना निर्माणलाई रोक्न गुरु योजना सहित अघि बढेको मेयर कठायतले जानकारी दिए ।

उत्पादनमा बर्सेनि गिरावट
खेतीयोग्य जमिनको खरिद बिक्रीपछि घरहरू निर्माण हुँदा जुम्लामा रैथानेबालीको उत्पादन घटेको छ । जुम्लाको झण्डै ३० रोपनी जग्गामा कंक्रिट संचना निर्माण भएको अनुमान छ

।जुम्लामा खेतीयोग्य जमिनमा घर निर्माणसंगै गत वर्ष भएको बेमौसमी वर्षापछिको बाढीले क्षति गर्दा खेती विस्तार भएपनि उत्पादन वृद्धि हुन नसकेको छैन् ।

कृषि विकास कार्यालय जुम्लाको तथ्यांकनुसार आव २०७८र७९ मा मार्सी र उन्नत जातको गरी ६ हजार ६७ मेट्रिकटन धान उत्पादन भएको छ ।

लोपोन्मुख हुँदै गएको जुम्ली रैथाने बाली उत्पादन क्रमिक रुपमा घट्दै गएको छ । सरकारी तथ्याङ्क अनुसार आव २०७७र७८ मा जुम्लामा १२ हजार ३ सय ८ मेट्रिकटन मात्रै रैथाने बाली उत्पादन भएको थियो । जबकि, अघिल्ला वर्ष २०७४ देखि ०७६ साल सम्म २७ हजार १ सय १३ मेट्रिक टनभन्दा बढी रैथाने खाद्यान्न बाली उत्पादन भएको तथ्याङ्क छ ।

तर ३र४ वर्षयता भने लगभग १३ देखि १४ हजार मेट्रिकटनले उत्पादन घटेर पछिल्ला वर्षमा अधिकतम १५ हजार मेट्रिकटन मात्रै रैथाने बाली उत्पादन हुँदै आएको छ । सरकारी तथ्याङ्क हेर्दा जुम्ली रैथाने बाली उत्पादन घट्दै गएको र परनिर्भरता बढ्दै गएको स्पष्ट बुझिन्छ ।

युवालाई कृषिमा प्रेरित गर्ने नीति नहुनु, तीनै तहका सरकारले कृषिमा पर्याप्त लगानी नगर्नु, जलवायु परिवर्तनले उत्पादन घट्नु र प्राकृतिक प्रकोप बालीमा क्षति गर्नु लगायतका कारणले खाद्यान्न उत्पादन घट्दै गएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश बहादुर अधिकारीले बताए ।

उनले भने,“विगतको तथ्याङ्क हर्दा दोब्बरले रैथाने बाली उत्पादन घटेको देखिन्छ । अधिकांश किसान कम परिश्रमिक गरेर रासायनिक मल प्रयोग गरी धेरै उत्पादन गर्ने दाउमा छन् । जसले रैथाने बाली उत्पादन घट्दै गएको हो ।”

कर्णालीमा वर्षेनि ३ लाख बढी मेट्रिकटन खाद्यान्न आयात हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । आफ्नै उत्पादनले ५÷६ महिना नपुग्ने कर्णालीमा उत्पादन वृद्धिको नीति नहुँदा आयातमा निर्भर छ ।

कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्क अनुसार जुम्लामा २ हजार ९ सय ५० हेक्टरमा धान खेती हुन्छ। खेतीयोग्य जग्गा संरक्षणको बारेमा जुम्लाका कुनै पनि स्थानीय सरकारले चासो दिन सकेका छैनन् । जसका कारण मार्सीफाँट मासिदै गएको छ ।

स्थानीय तहले खेत मासेर घर बनाउनेलाई कारबाहीको दायरामा नीति नल्याएसम्म खेतमा घर बनाउने क्रम रोकिने स्थिती छैन् । राष्ट्यि तथा अन्तराष्ट्यि बजारमा माग बढ्दै गएको जुम्ली रैथान बाली र उत्पादन क्षेत्र घट्दै जानू चिन्ताको विषय हो ।

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस