कोसी प्रदेशमा काँग्रेस र एमाले गठबन्धन सरकार बनाउने तयारी

काठमाडौँ । कोसी प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन  सरकार बन्ने सम्भावना बढेको छ। 

कसैले पनि प्रदेश सभामा विश्वासको मत लिन नसकेपछि पाँचौ पटक गठन भएको सरकार पनि ढलेको छ। राजनीतिक दलहरु मध्यावधिको विकल्प नभएको जिकिर गरिरहेका बेला नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफ्ना पक्षका संसदहरुलाइ विश्वासमा लिएर एमालेसँग मिलेर सरकार बनाउने पहल सुरु गरेका हुन। 

काँग्रेसका नेता डा. शेखर कोइराला एमालेसँग मिलेर सरकार बनाउने गृहकार्यमा ज’टेको विश्वस्त स्रोतले नागरिकन्यूजलाई जानकारी दिएको छ। 

कांगेसको कुल २९ सिटमध्ये नेता कोइरालाको पक्षमा १३ जना संसद रहेको स्रोतले बतायो।

कोइरालाले आफ्नो खेमाका नेता तथा पूर्व मन्त्री केदार कार्कीलाई विश्वासमा लिएर लामो समयदेखिको ‘डेडलक’ फुकाउने प्रयास गरिरहेको बुझिएको छ। कांंगेसका १३ जना भनेको कुल सिट संख्याको ४० प्रतिशत भन्दा बढी हो।

कोसी प्रदेश सभामा एमालेका सभामुखसहित ४० जना र काँग्रेसका २९ जना संसद छन्। शेखरले १३ जना संसद लिएर सरकार गठनका तयारी गरेपछि यसले केन्द्रीय राजनीतिमा पनि हलचल ल्याएको छ। काँग्रेसको शेखर खेमा र एमालेबीच सहमति भएमा प्रदेश सभामा विश्वासको मत प्राप्त हुने र त्यसले प्रदेशले दिगो सरकार पाउने आकलन गरिएको छ। अर्कातिर यसले केन्द्रीय राजनीतिमा समेत हलचल ल्याउने बताइएको छ। नागरिक

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस