कृषि,उद्यम,स्वरोजगारदेखि जलस्रोत र शिक्षामा किर्डाकको प्रथामिकता

जुम्ला । कोभिडपछि जुम्लाका साना तथा मझौला उधोगी व्यवसायी मारमा छन् । कोरोनाले थलिएको व्यवसाय नउठ्देै आर्थिक मन्दिले पलायन हुने स्थितीमा युवादेखि व्यवसायी छन् । यूवा स्वरोजगारमा स्थानीय सरकारले प्रयाप्त लगानी गर्न सकेको छैन् । जसले गर्दा खाडी मुलकदेखि कालापहाड सम्म धाउन यूवा बाध्य छन् । कोरोनादेखि आर्थिक मन्दिले थला परेका व्यवसायी उधमीलाई पलायन हुनबाट रोक्नका लागि सरकार तथा गैरसरकारी निकायबाट उत्पादन मुलक क्षेत्रमा लगानी बढाउन जरुरी छ । तर स्वरोजगार क्षेत्रमा लगानी गर्न सरकार चुक्दै आएको छ ।

त्यस्तै सामुदायिक विधालयको शिक्षाको अबस्था त्यस्तै नाजुक छ । नीजि विधालय प्रतिको बढ्दो आर्कषण,आधारभुत तहमा सरकारको लगानी बढेपनि उपलब्धी नदेखिनु जस्ता गतिविधिले सामुदायिक शिक्षा खस्किदो छ । देशको दक्ष जनशक्ति बनाउन आधारभुत तहबाटै व्यवहारिक शिक्षा दिन उतिकै आबश्यक छ ।

भने कृषिको सम्भावना प्रचुर छ । तर उत्पादन निकै न्यून छ । स्याउ,सिमि,कोदो,आलु,धान,फापर जस्ता अन्न फलाउने खेतीयोग्य जमिन प्रशस्त छ । तर बढ्दो यूवा पलायन,कृषिमा न्यून लगानी,आफ्नै उत्पादनले ४÷५ महिना नपुग्ने जस्ता समस्याले परनिर्भता मात्र बढाएको छैन् । यहाँका बालबालिकाको पोषणको स्थिती पनि खस्किदो छ ।

साथै,जुम्लामा जल स्रोतको सम्भावना पनि उच्च छ । जसको पहिचान,प्रर्बद्दन,लगानी र परिचालन गरेको खण्डमा आर्थिक समृद्दि देखि खानेपानी पहुँच बृद्दिमा टेवा पुग्ने देखिन्छ । तर भौतिक विकास केन्द्रित बढि भएका स्थानीय सरकारले जलस्रोतको संरक्षण तथा व्यवस्थापनमा समेत ध्यान पुराएको छैन् । जसले गर्दा जलस्रोत खेर गईरहेको छ । जल व्यवस्थापनको नीति समेत बनेका छैनन् ।

उत्पादनमुलक क्षेत्रमा किर्डाकको लगानी
तर ग्रामिण एकीकृत विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल जुम्लाले यहाँको कृषि,उधमशीलता,स्वरोजगार,बाल समृद्दि,शिक्षा,जलस्रोत व्यवस्थापन,पोषण लगायतका क्षेत्रमा काम गर्दै आएको छ । २०५६ सालमा स्थापना भएको सरकारको विकास साझेदार संस्था किर्डाकले जुम्लाको आर्थिक तथा सामाजिक विकासमा उल्लेखिय लगानी गर्दै आएको छ ।

हाल किर्डाक नेपालले जुम्लामा कृषि,उधमशीलता,शिक्षा,बालपोषण,जलस्रोत व्यवस्थापन र आयआर्जन बृद्दिका लागि विभिन्न चार वटा परियोजना संचालन गरेको किर्डाकका जिल्ला संयोजक दिपराज रावतले बताए । सामाजिक सशक्तिकरण,आर्थिक विकास,आयआर्जन बृद्दि,बाल समृद्दि,जल व्यवस्थापन,कृषि उत्पादन बृद्दिका क्षेत्रमा काम गरिरहेका छौ ।


उनले भने,“न्यायीक र समृद्द समाज निर्माणका लागि सरकारको लक्ष्य पहिल्याउदैँ सम्मान सहभागिता,सिमान्तकृत समुदायको उत्थानमा लगानी गरेका छौ । उत्तरदायि तथा जवाफदेहिता हाम्रो मुल अस्त्र हुन् । हाम्रा परियोजनाले सामाजिक रुपान्तरण तथा आर्थिक रुपमा सक्षम समाज हुने अपेक्षा छ । यसमा स्थानीयतह देखि आम सरोकारवालाको साथ आबश्यक छ ।“

वल्डभिजन लगायतका दातृ निकायको सहयोगमा किर्डाकले ’सामुदायिक सहभागिता तथा बाल स्पोन्सरशीप परियोजना’, ’एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना’, ’साना उधम तथा रोजगारी मार्फत आम्दानी बृद्दि परियोजना’, र ’सुमत्रा परियोजना’ गरि चार परियोजना सञ्चालित छन् ।

साना उधम मार्फत रोजगारी मार्फत आम्दानी बृद्दि परियोजना अन्तर्गत तिला र तातोपानीका गाउँपालिकाका नागरिकको उत्पादन बृद्दि,रोजगारी सृजना,आयआर्जन कार्यक्रम सञ्चालन हुने छन् ।

साना तथा मझौला उधोगीहरुलाई प्रोत्साहन गर्ने,कोरोनाबाट प्रभावित यूवा उधमीको उत्थान,विदेशबाट फर्केका यूवालाई उधमशीलतामा लगाउन सीप तथा प्रविधि दिईने जिल्ला संयोजक रावतले जानकारी दिए । यो परियोजना आगामी सन् २०२४ बाट सुरु हुने छ ।

एकीकृत पोषण तथा जीविको पार्जन परियोजनाले कृषि उत्पादन बृद्दि,बाल पोषणमा सुधार,आयआर्जन बृद्दिका लागि उत्पालनमुलक कार्यक्रम गर्दै आएको छ । भने सामुदायिक सहभागिता तथा बाल स्पोन्सरशीप परियोजनाले बालबालिकाको सिकाई अभिबृद्दि,शैक्षिक सुधार,सामाजिक शसक्तिकरणमा अभिभावको प्रत्यक्ष तथा सामान सहभागिताको सुनिश्चिताको लागि पैरबी,अन्तरक्रिया गर्दै आएको किर्डाक नेपालका श्री बहादुर भण्डारीले बताए ।

उनका अनुसार सुमत्रा परियोजनाले जुम्लाको पातारासी गाउँपालिकामा मात्रै केन्द्रित भएर खानेपानी सरसफाई स्वच्छताबारे नीति बनाउने पातारासी क्षेत्रको जल स्रोत व्यवस्थापनका लागि काम गरिने भएको छ । सुमत्रा परियोजनाका लागि कुल बजेट ५ करोड ७ लाख ८७ हजार बढी बजेट लगानी गरिने किर्डाकले जनाएको छ ।

किर्डाकले २०२४ का लागि तय गरेको क्रियाकलाप र बजेटनुसार अनुगमन मुल्याकंन तथा तलब सुविधा र अन्य प्रशासनिक खर्चका लागि एनआरएल परियोजनामा १ करोड ९४ लाख ९ हजार ७६२ रुपैया र सिईएसपी परियोजनामा १ करोड ३२ लाख ६६ हजार ८८६ रुपैया खर्च हुने अनुमान छ ।

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस