सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आइतबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।

चौधरीद्वारा दायर रिटमा भनिएको छ, ‘‘नेपालको संविधानको धारा १६८ (२) बमोजिम निवेदकलाई मुख्यमन्त्री पदमा नियुक्त गरी सरकार गन गर्न दिनुपर्ने संवैधानिक कर्तव्य भएका विपक्षी प्रदेश प्रमुखज्यू सो बाट च्युत भई मलाई सो अवसरबाट जबरजस्त वञ्चित गरी ।’’

उहाँले मुख्यमन्त्रीमा सोडारीको नियुक्त गैरसंवैधानिक भएको जिकिर गर्नुहुँदै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको माग गर्नुभएको छ ।

उहाँले दुई दिन म्याद थप्ने र सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको समेत माग गर्नुभएको छ । उक्त रिटको पेसी सोमबारका लागि तोकिएको सर्वोच्चले जनाएको छ ।

गोरखापत्र अनलाइन

प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस