जुम्ला। बजारमा दैनिक उपभोग्य वस्तुको मुल्य बृद्धि भएपछि सर्वसाधारणको सरकारी अनुदानको चामल लिन भीड लाग्न थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी जुम्लाले आईतबारदेखि संचालन गरेको सहुलियत मुल्य पसल संचालन गरेपछि उपभोक्ताको भीड लागेको हो ।
बजारमा आर्शिवाद चालमको २७ सय देखि २८ सय मुल्य पर्न थालेको र सोही गुणस्तरको चामल खाद्य संस्थानले छुट मुल्यमा २२ सय ७५ रुपैया प्रतिबोरा दिन थालेपछि उपभोक्ताको भीड लागेको हो ।
आईतबार मात्रै एकै दिनमा एक हजार ५६ बोरा चामल विक्री भएको खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी जुम्लाका प्रमुख सन्तोष तिवारीले बताए । उनका अनुसार प्रति केजी ५ रुपैया र प्रतिबोरा १२५ रुपैया छुट दिएपछि एकै दिन दुई ६४ क्वीईन्टल चामल विक्री भएको छ ।
उनले भने,‘एकै दिन साढे एक हजार बढी बोरा चामल विक्री भएको यो पहिलो हो । दशैँको जोहो गर्न चामल लिन जिल्लाभरबाट आइरहेका छन् । भीड व्यवस्थापनका लागि महिला पुरुषको लाईननै छुट्टै गरेका थियौ ।’ बजारमा मुल्य बढेकोले पनि सहुलियत मुल्य पसल संचालन भएलगत्तै स्थानीयको बाक्लो भीड लागेको बुझिएको छ । बजारको चामलको मुल्य अधित्यक बृद्धि भएपछि सरकारी अनुदानको चामल लिन दिनभरी लाईन बसेर लिन बाध्य भएको स्थानीय परिमल नेपालीले बताए ।
उनले भने,‘बजारको चामलको मुल्य छोई सक्नु छैन् । तेलको मुल्य पनि बढेको छ । तर गुणस्तरीय पोसिलो चामल २२ सय ७५ मै पाईने भएपछि गाउँबाट किन्न आएका हौ । विगतमा एक बोरा दिन्थे अहिले दुई बोरा पायौ । यसले दशैँ तिहारमा राहत हुने छ ।’
जिल्ला भरीका लागि सहुलियत मूल्य पसल संचालन गर्न ५ हजार क्वीईन्टल छुटाईएको छ । जसमा जिल्ला शाखाको लागि २५ सय क्वीईन्टल चामल छुटाईएको छ । भने जुम्लाकोट डिपोका लागि ५ सय,धाँपा डिपोका लागि ५ सय क्वीईन्टल छुटाईएको छ । भने तातोपानीको विक्रि केन्द्र पाथरखोलामा ५ सय क्वीईन्ट,पातारासिको लुम र हिमाको बाजागाड वितरण केन्द्रका लागि ५ सय क्वीईन्टल छुटाईएको प्रमुख तिवारीले बताए ।
उनले भने,‘सुपथ मूल्य पसल संचालन आगामी माघ २ गते सम्म हुने छ । पहिलो दिन निकै भीड देखिएको छ । दशैँ तिहार अवधिभर जुम्लामा खाद्यन्न अभाव हुने छैन् । विस्तारै अनुकूलता अनुसार चामल लिन सकिने छ । यदपी घटस्थापना पछि प्रतिव्यक्ति एक बोरा दिईने छ ।’
माघ २ गते सम्म सुपथ मूल्य पसल संचालन हुने भएकोले अभाव भएको खण्डमा पनि थप कोटा माग गरिने छ । खाद्यले हाल स्ट्रिम जिरा मसिनो,अरुवा मोटा र सोना मन्सुली चाल विक्रि हुँदै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी लि.शाखा कार्यालय जुम्लाका जिन्सी शाखा प्रमुख लक्ष्मण शर्माले बताए ।
उनका अनुसार सहुलियत मूल्य पसल संचालनपछि छुट दिँदा २ हजार ४ सय पर्ने स्ट्रिम जिरा चामल छुटपछि २२ सय ७५,प्रतिबोरा १६ सय ७५ रुपैयाँ पर्ने अरुवा मोटा छुटपछि १५ सय ५० र १७ सय ५० रुपैयाँ पर्ने सोना मन्सुली छुटपछि १६ सय २५ रुपैयाँमा विक्रि हुने छ ।



