जुम्ला – जुम्लामा जिल्ला स्तरीय युवा मानवअधिकार रक्षक सञ्जाल गठन गरिएको छ । शुक्रवार एक औपचारिक कार्यक्रमका बीच पारस सुनारको संयोजकत्वमा जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको हो । उपाध्यक्षमा आशा न्यौपाने, सहउपाध्यक्षमा दिनेश बुढा, महासचिवमा दिपेन्द्र रावत, सचिवमा अनिता शाही, सहसचिवमा जयबहादुर कठायत, कोषाध्यक्षमा तारादेवि रावत, सहकोषाध्यक्षमा नवराज बुढासहित ३५ सदस्यीय युवा मानवअधिकार रक्षक सञ्जाल गठन गरिएको हो ।

ग्रामिणमुखि युवा अभियान नेपाल (रोयम नेपाल) र अनौपारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालको समन्वयमा युवा मानवअधिकार रक्षक सञ्जाल गठन गर्नुका साथ अभिमुखिकरण कार्यक्रम सञ्जालन गरिएको हो ।
यसैगरी जिल्ला युवा भेलामा सहभागी भएका किशोरकिशोरीलाई मानव अधिकार सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम संचालन भएको छ । अभिमुखिकरण कार्यक्रममा मानवअधिकारको अवस्था र मानवअधिकार प्रवर्धन र संरक्षणका विषयमा इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले सहजीकरण गरेका हुन् । यस्तै मानवअधिकार रक्षक र भुमिका, काम कर्तव्य अधिकारीको विषयमा पनि प्रस्तुतीकरण भएको थियो ।
कानुनी साहेता केन्द्रका अधिबक्ता नन्दबहादुर खत्रीका अनुसार मानवअधिकार रक्षक समाजका रक्षक हुन् । उनले भने, गाउँ समाजमा हुने विकृति, कुरिति, मानवअधिकार उल्लंघनका विषयमा मानवअधिकार रक्षकले खबरदारी गर्नुका साथ सरोकारवाला निकायको ध्यानाकर्षण गराउनु पर्दछ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर थापाका अनुसार मानवअधिकार रक्षक निष्पक्ष, अनुशासित र स्वतन्त्र हुनु पर्दछ । उनले भने, गाउँ समाज हुने विकृतिका विषयमा आवाज उठाउनुका साथै कानुनले व्यवस्था गरेका निकायमा खबर गर्नुपर्दछ ।
रोयम नेपालका कर्णाली प्रदेश संयोजक सन्तोष विकका अनुसार मानव अधिकारको विषयमा बोल्न र काम गर्नको लागि अध्ययनशिल र निष्पक्ष हुनु पर्छ । उनले भने, जिल्लामा मानवअधिकार रक्षक संजाल गठन भएको छ । संजालका सवै सदस्य संगठित भएर मानवअधिकार उल्लघंनका विषयमा आवाज उठाउनुका साथै सरोकारवाला निकायको ध्यानाकर्षण गुर्न पर्दछ ।



