न्यायको खोजीमा हिंसा पीडित महिला

अन्यायी अपराधी व्यक्तिले भारतको बेङलोरमा अलपत्र पारेपछि निकै दुख्ख कष्टका साथ जुम्ला पुगे

जुम्ला – एक २३ वर्षीया हिंसा पीडित महिला न्यायको खोजीमा छन् । अन्यायी अपराधी व्यक्तिले भारतको बेङलोरमा अलपत्र पारेपछि निकै दुख्ख कष्टका साथ जुम्ला पुगेर न्यायको खोजीमा पुगेकी हुन् ।
सान्नी त्रिवेण गाउँपालिका – २ कालिकोटका २४ वर्षीय अशोक बुढाले ०८१ साउन २१ गते बेलुकी बलात्कार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय जुम्लामा पीडितले असार २० गते उजुरी दर्ता गरेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीका अनुसार पीडितको प्रहरीमा जाहेरी आए अनुसार दर्ता भएको छ । असार २० गते नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वास्थ्य परीक्षण पनि भएको छ । उनले भने, घटनाका विषयमा अनुसन्धान भई रहेको छ ।
पीडित महिलाका अनुसार घटनाका आरोपित व्यक्तिले ०८१ साउन २१ गते डर त्रास देखाएर बलात्कार गर्नुका साथै बेङलोर पु¥यायो । उनले भनिन्, त्यहाँ बेङलोरमा २०८२ जेठ ३० गते अलपत्र पारियो । त्यहाँका साउजीसँग अनुनयविनय रोइकराई गरेपछि भारतको बेङलोरदेखि नेपालगज्जसम्म पुग्ने भाडा दिनुभयो । नेपालगज्जबाट गाडीमा आएर जुम्ला पुगेपछि न्यायको खोजी गर्दै हिडेको छु । अहिले घटनाका आरोपित व्यक्ति अहिले सम्र्पकविहीन अवस्थामा छन् ।
बलात्कार घटनाकी पीडित महिला न्यायका लागि कानुनी साहेता केन्द्र जुम्लामा पुगेको अधिवक्ता तथा केन्द्रका प्रमुख नन्दबहादुर खत्रीले बताए । उनले भने, कानुनी साहेता केन्द्रको पहलमा निशुल्क जाहेरी लेखिदिएर जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ । पीडित महिलाको न्यायका लागि पहल गरेका छौँ ।

प्रकाशित मिति : २०८२ असार २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस