जुम्ला–नेपाल बाल संगठन जुम्लाको सभापतिमा सारादा पछाईलाई मनोनयन गरिएको छ । बाल संगठनको केन्द्रीय समितिको ०८२ असार ४ गतेको बैठकको निर्णयले पछाई जिल्ला बाल संगठनको सभापतिमा मनोनयन गरेको हो ।
नेपाल बाल संगठनको विधान २०४९ को उद्देश्य अनुरुप बालमन्दिरका नाममा रहेका चल अचल सम्पत्तिको व्यवस्थित अभिलेख संकलन र अध्यावधिक गरी विवरण केन्द्रमा जिम्मेवारी तोकिएको छ ।
यस्तै केन्द्रीय समितिको अनुमति लिई संगठनको विधान २०४९ को धारा ३७१ (ङ) बमोजिम यथासिघ्र दुई सदस्य मनोनित गरी कार्य विभाजन गर्न कार्यभार रहेको छ ।
सदस्यता वितरण, सदस्यको नामावली र रसिदको अर्धकट्टी केन्द्रमा पठाउन भनिएको छ । सभापतिलाई सदस्य शुल्क र सहयोग रकम पनि संगठनको खातामा जम्मा गर्न कार्यभार तोकिएको छ । तीन महिना भित्र जिल्ला सभाको अधिवेशन गरी जिल्ला कार्यसमिति गठन गर्नुपर्ने छ ।
संगठनको चल अचल सम्पत्तिको विषय निर्णय गर्नु पुर्व केन्द्रीय कार्यालयको अनुमति लिनुपर्ने सभापतिलाई कार्यभार तोकिएको छ ।




