जुम्ला । नेपाल जनता पार्टी जुम्लाका उम्मेदवार रनिल विक्रम शाहीले पनि आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन् । फागुन २१ गते भएको निर्वाचनमा जुम्लाका सबैभन्दा कान्छा जेन्जी उम्मेदवारका रुपका चुनावी मैदानमा उत्रिएका शाहीले चुनावधि भर भएको खर्च सार्वजनिक गरेका छन् ।
चुनाव अवधिभर उनले २९ हजार मात्रै सार्वजनिक गरेको विवरण सार्वजनिक गरेका छन् । जेन्जी उमेर समुहका एकमात्र उम्मेदवार शाहीले संचारखर्चमा ५ हजार, यातायात खर्चमा ५ हजार, खाजा खर्च ७ हजार, मसलन्द ५ हजार र झण्डाका लागि ७ हजार गरी कुल २९ हजार रुपैया चुनावमा खर्च भएको नेजपाका उम्मेदवार रहेका रनिल विक्रम शाहीले जानकारी दिए ।
उनले चुनावमा पराजय भोगे पनि यूवालाई एक प्रेरणा भने दिएका छन् । निकै अनुभवी तथा पाका उम्मेदवाहरु संग जेन्जी उमेर समुहको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा होमिनुले शाहीको राजनीति चेतको चौतर्फी प्रसंशा समेत भईरहेको छ ।
आगामी निर्वाचनमा रनिल शाही जस्तै थुप्रै यूवाहरुले राजनीतिमा चासो राख्नु पर्ने देखिएको छ । मतपरिणाम प्राविधिक विषय भएकाले राजनीतिमा यूवाको चासोलाई विशेष महोत्वका रुपमा समेत हेरिएको छ ।



