जुम्ला । हिमा गाउँपालिका वडा नं २ स्थित ओदीमा आयोजित १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हिमा गाउँपालिका प्रथम भएको छ । ओदीमा शुक्रबार सम्पन्न १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हिमा गाउँ पालिका २५ वटा स्वर्ण पदक जित्दै जिल्लाकै प्रथम भएको हो ।
जिल्लाका आठ स्थानीय तहमध्य गुठिचौर गाउँपालिका बाहेक सात स्थानीय तहले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगिता अन्तर्गत विभिन्न बिधामा हिमा २५ वटा स्वर्ण जितेर प्रथम हुँदा चन्दननाथ नगरपालिका १४ वटा स्वर्ण जित्दै दोस्रो भएको छ ।
भने, पातारासी गाउँपालिका पाँच स्वर्ण जित्दै तेस्रो, कनकासुन्दरी चौथो,सिंजा पाचौं, तिला छैटौ र तातोपानी सातौ स्थानमा आएको छ।
दुर्गम ओदीमा जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न गर्न हिमा गाउँपालिकाले गरेको आँट, समन्वय सहकार्यका लागि सरोकारवालाले धन्यबाद दिएको छ ।
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादर शाही आफ्नै पालिकामा गरिएको जिलास्तरीय विभिन्न विधाका खेल प्रतियोगितामा हिमालाई प्रथम बनाउने खेलाडीलाई धन्यबाद व्यक्त गरेका छन् ।



