हाम्रो बारे
दुई शब्द…………….
दिनप्रतिदिन बढ्दै गएको परनिर्भरताको अन्त्य गर्न,जुम्लालाई आर्थिक समृद्धीको मार्गमा डोरयाउन,विकास निर्माण चुस्त बनाउन खबरदारी गर्ने,सत्य र निश्पक्षताका खातिर सूचना र समचारका माध्यमबाट जुम्ली नागरिकलाई चनाखो बनाएर, सूचनाको पहुँचमा ल्याई सभ्य र शुसासनयुक्त समाज निर्माणको लक्ष्यका साथ ‘विकास र सुशासनका लागि खोज पत्रकारिता’ को नारा सहित २०७५ बैशाख १५ गते यस कर्णाली पोष्ट दैनिकको जन्म भयो ।
जिल्लाकै पहिलो अनलाईन न्युज प्रोटोकल र तेस्रो दैनिक पत्रिकाका रुपमा स्थापित भएर जुमुराउदै गरेको जुम्ली पत्रकारिताको व्यवसायीकतामा कर्णाली पोष्ट दैनिकले एक इट्टा थपेको हामीले महसुश गरेका छौ । सूचना तथा समचारको सरल पहुँच नभएकै कारण हाम्रो समाजमा जातीयविभेद,छाउपडी प्रथा,अझै विद्यमान छ । समाजमा टाँठाबाडाकै रजाई छ । सामान्य नागरिक कहिले नेतृत्व तहमा पुग्न सकेका छैनन् ।
तर्सथ यीनै समाजका बेथिती विरुद्ध वकालत गर्ने,आर्थिक,सामाजिक,राजनीतिक तथा विकास निर्माणलाई सहि मार्गमा ल्याउन निरन्तर खबरदारी गर्न कर्णाली पोष्ट दैनिक पत्रिकालाई एक बलियो माध्यम बनाएर हामी तपाईहरु माझ आएका छौ । हामी प्रतिबद्ध छौ,अन्यायका विरुद्धमा बोल्दा हाम्रो कलम रतिभर पनि राजनीतिक दबाब र प्रभावबाट बिचलित हुने छैन् ।
अन्तमा संघियतापछि विकासका नाममा भईरहेको भ्रष्टचार,अनियमितताको पर्दाफास गर्ने र भएका अनुकरणिय कामहरुको सत्यतालाई नलुकाई र तथ्य नछुटाई भावी दिनको हाम्रो खोज पत्रकारिता आम पाठक वर्गको माया स्नेहा र विश्वासले निरन्तर जारी रहने हामी दृढ छौ ।