नरेन्द्रनाथ योगी

नरेन्द्रनाथ योगी
संसदिय विकृति अन्त्य विना आर्थिक विकास र समृद्धि असम्भव ः
आजभोलि सबै राजनैतिक दलहरुले आर्थिक विकास र समृद्धिको कुरा गदै मुलुकलाई समुद्धि तिर लैजाने आश्वासनहरु बाडि रहेका छन । निश्चित रुपमा २६ बर्ष यता मुलुकमा ससदिय पद्धतिको विकृत सरचना र नितिका कारणले नेपाल विश्व गरिवीको मुलुकको ११५ मा सातौ स्थानमा दर्ज भएको छ । अनि ससदिय विकृति र विसगतीले गर्दा देश र जनताको अवस्थामा परिवर्तन हुन भन्दा शासक दल ,तिनका शिर्ष नेता,कार्यकर्ता र आसेपासे (क्रोनिक)हरु नव सामान्तहरु धन दौलत,शक्ति र भक्तीले सम्पन्न भएका छन । ससदिय राजनितिले आसेपासे ,नातागोता ,गुट,उपगुट र निश्चिित घेरामा बस्नेहरुको आर्थिक विकास र समृद्धि हुने गरेको छ । ससदिय लोकतन्त्रमा बहुमतको दण्डाले गर्दा विभिन्न पार्टी ,सरकार, सघ सस्था सहकारी आदिमा आसेपासे,गुट–उपगुट , नोकर चाकर र अन्धभक्ततलाई निकै प्रोत्साहित गरेको छ अर्थात लोकतन्त्रको नाममा बहुमतिय खेलेले सरकार देखि पार्टीमा गुटबन्दी र परिवारवादलाई हुर्काएको छ । यस्ता गुटबन्दी वा बहुमतको दुरपयोगले आसेपासे(क्रोनिकक्यापाटिलिज्म)को जम्म गराएको छ । क्रोनिकक्यापाटिलिज्ममा आसेपासे व्यापार,व्यवसायी,नातागोता ,हुने खाने,अतिसम्पन्न(घरानिया परिवार) अर्थात अभिजात वर्ग(हुने खाने उच्चघरानीयहरुः जसलाई इलिट प्रर्सन भनेर बुझनु पर्छ) लिदा नेपालको शासन र निति उनीहरु कै सेरोफेरोमा रहेकै छ ।सरकार वा पार्टीमा भन्नु होस ,त्यहाँवरिपरि उनीहरु कै घेरा छ ।उनीहरुले चोहेको कुरा मात्रै घुमाई फिराई लागु हुने र पार्टी वा सरकारमा तिनै हुने खाने,पहँचवाला,नातपता, आसेपासे क्रोनिकहरु नै रहने गरेको पाईन्छ । उनीहरुको विपक्षमा विचार राख्ने वा असहमति जनाउनेहरु चाहे पार्टीको मुल नेतृत्व वा सरकारमा उनीहरुलाई पुग्नबाट रोकिन्छ वा वाइपास गरिन्छ ।चाहे तपाई जति सुकै ईमान्दार वा सालिन हुनु होस । यदि कसैले आसेपासे र घेराउ वा चाकरी गर्नेहरुको विपक्षमा बोल्ने र उनीहरुले तयार गरेको योजना अर्थात दस्तावेजमा फरक धारणा राख्ने बित्ति कै त्यस्तो व्यक्तिलाई दुधबाट झिगा वा माखो निचोरे जस्तै गरि फयाक्ने काम गरिन्छ । जबसम्म पुँजीवादी ससदिय व्यवस्थामा रहेका क्रोनिक (आसेपासे )समुहलाई जनता वा कुनै पनि पार्टीबाट निस्तेज बनाउन सकिदैन ,तबसम्म सही, सत्य ,फरक विचारले स्थान र प्रोत्शाहन पाउदैन । त्यसैले ससदिय विकृति विसगति जस्ता ः किनबेच,गुट उपगुट र दलालीलाई सरकारदेखि पार्टीसम्म अन्त्य गर्ने बलियो सोचका साथ तपाई हामी लाग्न सकेनौ भने हामीहरु पनि साक्षी किनाराका दोषी वा वलीको बोका हुने वाहेक अरु केही हुदैन ।त्यसैले स्वच्छ,इमान्दार,नैतिकवान ,सही सत्यबाटोमा लागेर मुलुक र जनताको सेवा गनेर््का लागि पार्टी वा सरकारमा रहेका क्रोनिक (आसेपासे)हरुलाई तह लगाउने पनि टाउँकोमा कात्रा बाधेर लाग्नु पर्छ अर्थात त्यो सघर्ष गर्न नसकिने हो भने व्यर्थैमा पार्टीमा समय फाल्नु वेकार छ । बरु त्यसको सट्टा रचनात्मक काम र स्वरोजगारमुुलक क्षेत्रमा समय खर्चेमा आफु र आफनो स्वाभिमान बचाउन सकिन्छ कि ?
जबसम्म कुनै पार्टी वा सरकारमा आन्तरिक सहभागितामुलुक लोकतन्त्रको अभ्यास व्यवहारिक र यर्थाथमा लागु गर्न सकिदैन । त्यहाँ कुनै ढगले लोकतनत्रको मर्म झल्कदैन। त्यसैले भनिन्छ ः जहाँ तपाईको सम्मान,इज्जत, कदर हुदैन ,त्यौ ठाउँमा जान वा बस्न र कुरा राख्नुको कनुै अर्थ हुदैन । त्यसैले सबैको अर्थपुर्ण सम्मान,इज्जत ,मान सम्मान ,कदर मुल्याङ्कन ,निति—विधिको व्यवहारिक रुपमा कार्यान्वयन हुदैन ।त्यहाँभित्र विधि विधान र लोकतन्त्रको जति सुकै बखान गरे पनि आन्तरिक लोकतन्त्र जिवित रहदैन । आसेपासे वा पेशेवर क्रोनिक समुहहरुको घेरा अर्थात फन्दामा पार्टीको नेतृत्व र सरकारका नेतृत्वहरुहरु रहन्छन् । त्यहाँ कुनै पनि हालतमा आन्तरिक लोकतन्त्र जिवित रहेको हुदैन । जति सुकै आर्थिक विकास र समृद्धि ,प्रगति ,अग्रगमन एवम् परिवर्तनका कुरा गरे पनि व्यर्थ हुन जान्छन । अनि त्यहाँ विधि —विधान, पद्धतिको कुरा गर्नेहरुको सम्मान हुदैन । मनको लडडु ध्यूसगँ खाने कुराले आर्थिक विकास र समृद्धिका कुरा जति गरे पनि फगत गफ मात्रै हुन जान्छ । त्यसैले भनिन्छ नक्कली जोगीहरुले बढी नै खरानी दल्ने काम गर्छन् भने जस्तै नक्कली पार्टी,नेतृत्व वा व्यक्तिहरु आफु लोकप्रिय बन्न वा नेतृत्वमा रहि रहन मिठा—मिठा,गलिया—गलिया,चिप्ला—चिप्ला,आडम्बरी कुरा र सुखान्त विषयमा अति आशावादी रुपमा विचार व्यक्त गर्दछन् ,अनि व्यवहारमा हात लाग्यो सुन्ना(०) । त्यस्ताबाट होसियार हुनै पर्छ । त्यसबेला मात्र उनीहरुलाई विश्वास गरौः जुन बेला गराई र भनाई अर्थात निति र विधिमा तारतम्यता देखाउने सामर्थ राख्द छन, गन्तव्य र गोरेटामा एक रुपता ल्याउन्छन्, सामुहिक वा तहगत छलफलद्धारा निणर्य लिने विधि बनाउन्छन्,फिल्डबाट मुल्याङकन विधि निमार्ण गछन्,आफनो आसेपासेबाट टाढा हुने कसम खान्छन्, आफु,जस्तै अरुको दिल,मन,भावना र समस्याहरु घोत्लिने काम गर्छन र ससारमा आफु वाहेक अरु पनि छन,उनीहरुको पनि उचित सम्मान र इज्जत छ भनेर बुझने कोशिश गर्दछन् ।त्यस बेला मात्र उनीहरुबाट ठुला—ठुला प्रगतिको आशा गर्न सकिन्छ तर भरोसा गर्न सकिदैन । ठुला—ठुला गफगाफले पेट भरिन्न,स्वच्छ वातावरण विना स्वच्छ स्वास लिन सकिदैन । दिशाविहिन र सिमाविहिन भएर गरिने आर्दशका गफ र पञ्चारमुखि विचारले मानिसलाई भुलाउने वा आर्दशवादी बनाउने बाहेक अरु केही हुदैन । एउटा पढेलेखेको अध्ययनशिल र विद्धानले विचार सिद्धान्तका गफ गरे पनि उसलाई गाँस,वास र कपास चाहिन्छ नै, त्यसैले आर्दश र कल्पना महल नबाऔ । विचार,सिद्धान्त र दर्शन निमार्णले मात्रै समाजमा परिवर्तन हुने भए, नेपाली नेताहरु जम्मनु भन्दा अगाडि जर्मनमा कार्लमाक्सले समाजमा आर्थिक, राजनैतिक र सामाजिक असमानता,विभेद ,शोषण ,दमन छ । त्युसको अन्त्य एतिहासिक भौतिकवादी द्धन्दवात्मक वैज्ञानिक नियमले समाजमा परिवर्तन वा रुपान्तरण गर्न सकिन्छ । समाजमा बलियोले निर्धोलाई दबाई राख्छ । त्यसको उपचार नै वर्ग सघर्ष चेतनाबाट उठेको आर्थिक र राजनैतिक अधिकार प्राप्तीको सघर्षले मात्रै समस्याको समाधान हुन्छ भन्ने निकष्र्ष थियो । तर जर्मन मै साम्यवाद त के समाजवाद नै आउन सकेन । यसको मुुख्य कारण नै माक्र्सवादका अनुयायीहरुले त्यहाँ जनताको समस्यालाई वस्तुगत र आत्मगत रुपमा समय मै बुझन नसक्नु हो पुँजीपतिहरुको चाल नै माक्र्सवादीहरुले बुझन नसक्नु नै अर्को कारण थियो ।
विधि र निति वीच तालमेल वा एकरुपता नभई नेपालमा नत आर्थिक विकास हुने छ नत समृद्धि ।थोरै होस,राम्रो होस । जसरी थोपा—थापा गरेर नदी वा समुन्द् बन्छ भने जस्तै कुनै पनि पार्टीका कार्य योजना,निति,कार्यदिशा र गन्तव्य सहित गोरेटो स्पष्ट गरेर प्रतिफलमुखी रुपमा अगाडि बढाउनु पर्छ । ठुला—ठुला सपना बाँढनु भन्दा साना—साना व्यवहारमुखी कामले समाजलाई समृद्धि बनाउने तर्फ ध्यान दिऊ । जसरी जनयुद्धमा जनसक्ता,श्रम गरि खानेहरुको सत्ता ल्याउने र सम्पुर्ण दुःख पिडाहरु मुक्त गर्ने ठुला—ठुला सपना बाढियो ,तर व्यवहारमा वीचैमा सम्झौता गरियो । त्या क्रान्ति प्रतिको धोका थियो । त्यसबेला जनयुद्धका सपना वा उद्धेश्य ठिक वा ठुला र राम्रा हुदा हुदै पनि वीचैमा हत्या गरियो । कुनै पनि विषय शुरुवात गर्दा वा अगाडि बढाउदा सोच विचार गरेर देश र जनता वा तत्काकालिन आत्मगत र वस्तु स्थितिले धान्ने सकिने खालेका नारा र कार्य दिशा तय गरिनु पर्छ ।केवल सस्तो लोकप्रियता वा पपुलारिष्टको लागि गरिने गफ अर्थात विचारको कुनै अर्थ छैन । हामी जे बोल्छौ ,त्यही गछौ भन्ने कुरा त्यो थेगो भएको छ ।त्यसैले कथनी र करनीमा एकरुपता र तत्कालिनक परिस्थितिमा लागु वा कार्यान्वयन गर्न सकिने र आम जनताले बुझनु प्रकारको विचार र त्यही अनुरुपको व्यवहारलाई अगाडि सार्नु नै आजको आवश्यकता हो । सबै कुरा सबै विचार आजै र भोलि नै सक्ने गरि प्रचार प्रसार गरिनु हुदैन । त्यसैले भनिन्छ हजार पटक नाप ,एक पटक काँट ।



