
नन्दराम जैसी
जुम्ला । जिल्लाका पाँच वटा विद्यालयलाई स्मार्ट विद्यालय घोषणाको तयारी भईरहेको छ । विद्यालय स्मार्ट अभियानको सुरुवाती चरणमा जिल्लाका सयौ विद्यालयमध्य चन्दननाथ नगरपालिकाभित्रका पाँच विद्यालयबाट स्मार्ट विद्यालय घोषणा गरीने भएको हो । विद्यालय स्मार्ट अवधारणा अनुसार नमुना मावि चन्दननाथ, चत्नचुण्डेश्वर मावि बोहोरागाउ, कर्णाली मावि अनामनगर, शम्भुनाथ ज्ञानकुञ्ज मावि श्रीढुस्का, जनज्योती मावि वारकोटे बाडालाई स्मार्ट विद्यालय बनाउने तयारी भएको छ । पाँच वटै विद्यालय, त्यहँ कार्यरत शिक्षक र विद्यार्थीको सरसफाई अवस्थामा ब्यापक सुधार गरी स्मार्ट विद्यालय घोषणा गर्न तयारी भएको छ । यो अभियान अन्र्तगत अहिले हरेक विद्यालयमया दैनिक सरसफाईका क्रियाकलाप, छलफल, बहस हुनुका साथै सबै विद्यालयमा सरसफाई सम्मेलन जस्ता क्रियाकलाप भईरहेका छन् ।
स्मार्ट विद्यालय घोषणाका लागि ६ सुचक र ७ वटा चरणहरु पुरा गर्नुपर्ने हुन्छ । स्मार्ट विद्यालयले स्वस्थ शौचालयको पहुँच तथा प्रयोग, सावुन पानीले हात धुने तथा व्यक्तिगत सरसफाइ नियमित गर्ने, विद्यालयमा महिनावरी स्वच्छता तथा व्यवस्थापन, शुरक्षित खानेपानी, शुरक्षित खाना र स्वच्छ बातावरण लगायतका सुचकहरु अनिवार्य पुरा गर्नुपर्ने मापदण्ड छ । सोहि आधारमा पाँच वटै विद्यालयले सरसफाइ टोली गठन गरेर हरेक दिन सरसफाइको अवस्था विश्लेषण गर्ने, विद्यालय सरसफाइ सम्मेलन गर्ने, सुधारका कार्यक्रम, वजेटको व्यवस्थापन, पुरस्कार, प्रोत्साहन लगाएत पुर्ण सरसफाइका ७ वटा चरणहरु पुरा गरीरहेका छन् । यिनै सुचकका आधारमा सबै विद्यालयले जम्मा विद्यार्थीहरुमध्य ६ वटा समुह निर्माण गरेका छन् । सोहि समुहले हरेक दिन सरसफाई गर्ने र शुन्यदेखि सयसम्म अंक दिएर झुण्डाईएका झण्डामा सरसफाईलाई आधारमानी एक समुहले अर्को समुहलाइ प्रगतिको नम्बर दिएर विद्यालय तथा ब्यक्तिगत सरसफाई अवस्था सुधार्दै गएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइको छनोटका आधारमा आत्म सम्मानका लागि सहकार्य क्याड नेपाल र एसएनभी नेपालले स्मार्ट विद्यालय बनाउन सहयोग गरेको हो । सोही संस्थाको ७० हजार रकम सहयोगमा हरेक विद्यालयले सरसफाई कोष समेत स्थापना गरेका छन् । भने अन्य सरसफाईका थुपै्र सामाग्री तथा क्षमताबृद्धिका तालिम लिने अवसर पाएका छन् । स्मार्ट विद्यालय घोषणा भइसकेपछि जिल्लाका अन्य विद्यालयको तुलनामा तिनि विदालयहरुको शैक्षिक, भौतिक तथा सरसफाई अवस्था गुणस्तरीय हुनेछ । अहिले हरेक विद्यालयहरु प्रतिस्पर्धाको आधारमा आआफ्नो विद्यालयलाई जिल्लाकै पहिलो स्मार्ट विद्यालय बनाउने होडबाजीमा लागेका छन् । जसअन्र्तगत सबै विद्यालयले सरसफाई सम्मेलन सम्पन्न गरेका छन् ।
चन्दननाथ माविले विद्यालयको बातावरणिय तथा विद्यार्थीको ब्यक्तिगत सरसफाईमा उल्लेख्य प्रगति गरीसकेको छ । ‘विद्यालय स्मार्ट अभियानले सरसफाईमा निकै सुधार भयो, अहिले विद्यालयमा छात्र÷छात्रा सौचालय, खानेपानी लगाएत सरसफाईमा आवाश्यक सबै सुविधा प्रयाप्त छ’ चन्दननाथ माविकी शिक्षिका सृर्मिता बुढाले भनिन्, ‘महिनावारी भएको समयमा विद्यालयमा सरसफाई गर्न नपाएर छात्राहरुले घरमा बस्नुपर्ने अवस्था छैन, हामीले विद्यालयमै निशुल्क सेनेटरी प्याड उपलब्ध गर्छौ, उनिहरुले पनि अहिले सहजलै खुलेर माग्छन् ।’ छात्रा हरीदेवि भण्डारीले हाल सरसफाई आफ्नै लागी हो भन्ने अपनत्वको अनुभव भएको बताईन् । सरसफाई अभियान्ता धर्मराज शाहीले स्मार्ट विद्यालयको गारेटो बाटो तय भएको भन्दै बाटोमा हिडेर लक्ष्यमा पुग्ने जिम्मेवारी स्वयंम विद्यालयको हातमा रहेको बताए । सरसफाई सम्मेलनमा सहभागी जिल्लाका सरकारी तथा गैर सरकारी निकायले स्मार्ट विद्यालयको अवधारणा अनुसार जिल्लाका सबै विद्यालय र गाँउघरको सरसफाई अवस्थामा सुधार गरी जिल्लालाई पुर्ण सरसफाई जिल्ला घोषणा गर्ने अभियानमा लाग्नुपर्ने बताएका थिए ।