
कर्णाली पोष्ट,
तिला गाउँपालिका – ३ कुडारी स्थित सरस्वती माध्यामिक विद्यालयमा एउटै विषयका दुई शिक्षक राख्न खोजेपछि अभिभावक र विद्यार्थीले विरोध गरेका छन् । उक्त विद्यालयमा नेपाली शिक्षकको सुरुवा गराई अर्काे सामाजिक विषयको शिक्षकलाई सरुवा गरी ल्याउन खोजेपछि अभिभावक र विद्यार्थीले विरोध गरेका हुन् ।
बिद्याल क्षेत्र शिक्षा आर्जन गर्ने थलोको रुपमा बुझिन्छ पनि जुम्लाको राजनीतिक गर्ने थलोको रुपमा प्रयोग भएको भन्दै केही अभिभावकले विरोध गरेका छन् । विद्यालय क्षेत्रमा राजनीतिक गर्न खोजेको आरोपमा बिद्यार्थी माथिको भबिष्यमा खेलवाड गर्न खोजिएको भन्दै बिद्यालयमा ताला बन्दी गरिएको थियो ।
सरस्वती माबि बिद्यालयका सामाजिक बिषयका शिक्षक तथा प्रधानाध्यापक गत फागुन महिनामा अवकास भएपछि उक्त बिषयको शिक्षक खाली रहेको थियो । उक्त खाली भएको बिषयमा अध्यायपन गराउन कनकासुन्दरी गाउँपालिका कोइलीचरी माबिमा लुमाका समाजिक बिषयका अध्यायपन माबि तहकै शिक्षक मानबहादुर सिहं सरुवा भएको प्रमाण आफुहरुसँग रहेको अबिभावक तथा बिद्यार्थीको दाबी छ ।
उनीहरुका अनुसार पछिल्लो समयमा बिद्यालय ब्यवस्थापन सिमितिका अध्यक्ष चक्रबहादुर शाहीले बिभिन्न प्रलोभनमा पारी गलत बाटो अपनाएर माबि तहको नेपाली बिषयको शिक्षक सरुवा गराएर माबि तहकै पुन समाजिक बिषयको शिक्षक ल्याउने अबैधानिक निणर्य गरेको आरोप छ । सरोकारवाला निकाय सहितको पत्रकार सम्मेलनमा ध्यानाकर्षण पत्र सार्वजनिक गरिएको हो ।
आफ्ना मान्छेलाई नजिक ल्याउन बैठक पुस्तिका हुदाहुदै पनि आफ्नो काममा बाधा नपुगोस भन्नका लागि बिद्यालयमा नभएर सदुमुकाम खलंगामामा बैठक बसी बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर शाहीले अर्को बैठक पुस्तीका प्रयोग गरेर शिक्षक सरुवाको निर्णय गरेको बिद्यार्थी र अबिभावकको आरोप छ । बिद्यालय ब्यवस्थापन समितिका केही निश्चित सदस्य बाहेक सबैलाई जानकारी नदिएर छलकपट र अबैधपुर्ण तरिकाबाट निणर्य गरिएको अभिभावक लालप्रसाद भट्टराईले बताए ।
उक्त बिद्यालयमा अध्यापन गराउने नेपाली बिषयको शिक्षक नभएको र राजनितिक चलखेलका कारण समाजिक बिषयका दुईबटा शिक्षक सरुवा गराएर ल्याएको भन्दै बिद्यार्थी सरस्वती शाही ,निर्माया योगी, सुरेन्द्र बुढा कमला हमालले आप्रति जनाएका छन् । त्यस्तै बिद्यालय ब्यवस्थापन समितिका सदस्य मुनिनाथ योगी, जरिलाल भट्टराई, कलिका शाही उर्वाकुमारी शाही सिहं, राम बिलास यादवले उक्त निर्णय अबैधानिक भएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन् ।
सरस्वती मावि कुडारीका लेखापाल शान्तिनाथ योगीका अनुसार यो विषयमा विद्यालयमा चलेको हो । केही समय विद्यालयमा ताला वन्दी भएको र एक घण्टापछि ताला खोलेर पठनपाठन सुरु गरिएको उनले बताए । एउटै विषयका दुई शिक्षक आईसकेका छैन । समयमा अभिभावक र विद्यार्थीले सजक खोजेका मात्र हुन् ।
यता बिद्यालय ब्यव्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर शाहीले सामाजिक बिषयका शिक्षकले नेपाली बिषय अध्यायपन गर्न सक्ने दाबी गरे । शिक्षक दरवन्दी अपुग भएका कतिपय विद्यालयमा सामाजिक शिक्षकले नेपाली र नेपाली शिक्षकले सामाजिक विषय पढाउनु पर्ने बाध्यता पहिले देखि अहिलेसम्म रहि आएको उनको भनाई छ । तर यो कुरा कार्यन्वयनमा आएको छैन । गलत प्रचार गरिएको छ । यस विषयमा कुनै सत्यता छैन ।