
फोन नं.०८७–५२००२१
इमेल ः jumlagharelu@gmail.com
कर्णाली प्रदेश सरकार
उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालय
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय
कर्णाली प्रदेश,जुम्ला
लक्षित वर्ग लघु घरेलु उद्योग सहयोग सम्बन्धि प्रस्ताव आह्वानको सुचना
प्रथम पटक प्रकाशित सुचना २०७७।११।२६
प्रस्तुत बिषयमा आ.व. २०७७।०७८ को स्वीकृत लक्षित बर्ग लघु घरेलु उद्योग सहयोग कार्यक्रम र बजेटको परिधिभित्र रही जुम्ला जिल्लामा विशेषगरी कोभिड १९ र अन्य बिपदका कारणले संकटमा परेका लक्षित बर्गद्धावारा संचालित उद्योगहरलाई पुनर्उत्थान सहयोग गर्नका लागी आवश्यक पुर्बाधार निमार्ण ( कारखाना घर),मेसिन औजार उपकरण खरिद वा खरिद गरी ल्याउदा लाग्ने भन्सार सुल्क सहयोग गर्न लक्षित बर्गको हकमा ५ लाख सम्म लागत सहभागिता भए ७० प्रतिशत र अन्य निजि, साझेदारी वा प्राली फर्मको हकमा ५ लाख सम्म लागत सहभागिता भए ५० प्रतिशत अनुदान रकम कार्यालयले सहयोग गर्ने कार्यक्रम रहेको हुदा सम्बन्धित सबैको लागी प्रस्ताव आह्वान भएको ३० दिन भित्र तपसिल बमोजिमका कागजात गोप्य सिलबन्धी सहित निवेदन पेश गर्न हुन जानकारी गरिन्छ ।
संङलग्न गर्नु पर्ने कागजातहरु
१. अनुसुची १ बमोजिमको निवेदन ।
२. उद्यमीको नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपी ।
३ं उद्योग दर्ता प्रमाण पत्र ।
४ आ.व २०७६।७७ को करचुक्ता प्रमाण पत्र ।
५ कर दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
६. ५० लाख भन्दा बढी कुल पुजी भएको उद्योगको हकमा अडिट रिपोर्ट ( म्याद समाप्त भै अघिल्लो आ.व.को करचुक्ता र अडिट रिपोर्ट पेश गर्न नसकिने अवस्थामा थमौती पत्र तथा अघिल्लो आ.व हरुको करचुक्ता तथा अडिट रिपोर्ट समाबेस गर्नु पर्ने छ )।
७. कोविड १९ र अन्य विपदका कारण संकटमा परेका लक्षित वर्गद्धारा सन्चालित उद्योगहरुको हकमा सो को पुष्टी हुने सम्वन्धित स्थानिय तहको सिफारिस ।
(उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको कार्यक्रम सन्चालन तथा कार्यान्वयन कार्यविधि २०७७ को दफा २ को खण्ड ट अनुसार लक्षित समुहमा पर्ने अनुदान पाउने योग्य यूवा, दलित, महिला, आदिवासी, जनजाती, पिछडिएको समुदाय, अल्पसंख्यक, अपाङ्ग, सिमान्तकृत समुदायको हकमा लक्षित वर्ग समेत पुष्टी हुने सम्वन्धित निकायको सिफारिस पत्र)
८. उद्योग सन्चालित अवस्थामा रहे नरहेको रोजगारीको विवरण अवस्था तथा अनुदान उपलव्धत गराइदिने व्यहोराको सम्बन्धित स्थानिय तह( वडा कार्यालयको) सिफारिस पत्र ।
९ अन्य ÷भिन्न क्षेत्रबाट अनुदान प्राप्त गरे÷नगरेको सम्वन्धमा स्व घोषणा पत्र ।
१० अनुदान कार्यक्रम अन्तरगत देहायका अनुदान शिर्षकहरुको लागि देहायका बमोजिमका कागजात संलग्न गर्नुपर्नेछ । तर एक अनुदानग्राहिले कुनै एक शिर्षकमा मात्र आवेदन गर्न सक्नेछ ।
११. साविक घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम लगायत अन्य सरकारी निकायवाट तालिम प्राप्त गरी उद्योग ब्यबसाय संचालन गरेको भए प्रमाण पत्रको प्रतिलिपी ।
१२. लक्षित वर्गमा पर्ने उद्यमी भए सम्बन्धित निकायको प्रमाणित कागजातको प्रतिलिपी ( कम्पनी तथा साझेदारी फर्मको हकमा लागु नहुने ।
१३. तालिम प्राप्त जनशतिm कार्यरत रहेको भए कामदारको तालिम सम्बन्धिी कागजातको प्रतिलिपी ।
१४ अनुदान ग्राहीले पेश गर्ने प्रत्यक कागजातको पछाडी स्वयम आफैले प्रमाणित गरेको हुनु पर्ने छ ।
१५.प्रताव पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सोको भोलिपल्ट वा कार्यालय खुलेको दिन कार्यालय समय भित्र प्रताव दर्ता गराउनु पर्ने छ
पुनश्च ः थप जानकारिको लागी कार्यालय समय भित्र टेलिफोन नं ०८७ ५२००२१ मा सम्र्पक गर्न सकिने छ ।
निमित्त कार्यालय प्रमुख