सागर परियार ।
जुम्लाको चन्दननाथ बहुउद्देश्यी सहकारी संस्था वित्तिय कारोबारमा कर्णालीकै अब्बल बन्दै गएको छ । ऋण लगानी, ग्रामिण भेगमा वित्तिय पहुँचमा बृद्धि गर्न, महिलाको क्षामता बृद्धि, सामाजिक उत्तरदायित्वका क्षेत्रमा लगानी लगायतका वित्तिय कारोबारमा सहकारील अब्बल बन्दै गएको हो ।
ग्रामिण महिलाको वित्तिय पहुँच बृद्धि गर्नका लागि सहकारीको सदस्यतामा महिलालाईनै प्रथामिकता दिएको छ । हाल सम्म सहकारी १५ हजार बढी सदस्य छन् । ती मध्य ९० प्रतिशत महिला सदस्य रहेका छन् ।
सहकारी आबद्ध भए पश्चात ग्रामिण महिलाहरु घरायसी आर्थिक कारोबारमा समेत सक्रिय भएका छन् । भने, ऋण लिने दिने, घरको आर्थिक कामकाज गर्ने कुरामा महिलाकै बश्स्र्च देखिन्छ ।
चन्दननाथ सहकारी स्थापना भएको हाल सम्म ९४ करोड ९८ लाख ४७ हजार २ सय रुपैया बराबरको कारोबार गरेको सहकारीका सदस्य सचिव ऋषिराम पाण्डेले बताउनुभयो । विहिबार सहकारीको वार्षिक प्रगती विवरण प्रस्तुत गर्दै सदस्य सचिव पोण्डले भन्नुभयो,“वित्तिय कारोबारका क्षेत्रमा कर्णालीमै हामी अब्बल छौ । भने, सामाजिक क्षेत्रमा पनि उल्लेखीय लगानी गरेर सबैको मन जितेका छौ । अझै सहकारीलाई ऐन कानुन अनुसार चुस्त बनाईने छ ।”
गएको आर्थिक वर्ष सम्म चन्दननाथ सहकारीले कुल आम्दानी ७९ लाख ७० हजार ९ सय ९७ रुपैया गरेको छ । भने, कुल खर्च ६ करोड ९४ लाख १८ हजार ७ सय रुपैया भएको छ खुद नाफा १ करोड ३० लाख २२ हजार भएको छ । सहकारी संचालनमा हाल सम्म २ करोड ८६ लाख ९९ हजार शेयर पुँजी लगानी भएको समेत सदस्य सचिव पाण्डेले जानकारी दिनुभयो ।
कर्णालीभरी गरेर सहकारीमा हाल सम्म १५ हजार ८ सय ४४ जना सदस्य आबद्ध रहेका छन् । ती मध्य ९० प्रतिशत सदस्य महिला रहेका छन् । सबै सदस्यहरुबाट गत आवमा १५ करोड ७२ लाख ६३ हजार बचत भएको छ । अझै लगानी बाकी ३२ करोड ९५ लाख ३८ हजार ७ सय छ ।
चन्दननाथ बहुउद्देश्यीय सहकारी सस्थाका प्रवन्धक विश्वराज खत्रीका अनुसार कुल लगानी १३ लाख ३७ हजार भएको छ ।
उहाँले भननुभयो,“वित्तिय पहुँच गाउँगाउँमा पुराउन विभिन्न गाउँमा १४ वटा सेवाकेन्द्र स्थापना गरेका छौ । भने महिलालाई वित्तिय कारोबारमा सक्षम बनाउन तालिम दिन्छौ । बचतको महत्व सिकाउँदा सदस्य बढ्ने क्रम जारी छ ।”
त्यस्तै सामाजिक उत्तरदायित्वका क्षेत्रमा लगानी गर्ने पर्ने प्रावधान अनुसार २ वटा अर्गानिक पसल संचालन,४ वटा सुपथ पसल, २ वटा स्वास्थ केन्द्र, २ वटा बोडिङ स्कुल र २ वटा यातायात संचालन गरिएको प्रबन्धक खत्रीको भनाइ छ ।
सहकारीकै लगानीमा जुम्लामा बहुप्राविधिक विद्यालय ल्याउने लक्ष्य छ । सहकारीलाई देशव्यापी रुपमा कार्य क्षेत्र विस्तार गरिने सस्थाको आगामी रणनीति समेत सहकारीले जनाएको छ । वित्तिय कारोबारमा अब्बलता संगै घरघरमा चन्दननाथ सहकारी पुराउन सफल भएको समेत सहकारीको दाबी छ ।
सस्थाका सदस्यलाई उद्यमी बनाउने,महिला शसक्ती करणका कार्यत्रलम चलाउने, समग्र रुपमा स्वास्थ्य,शिक्षा,कृषि रोजगारीका क्षेत्रमा सहकारीले आबश्यक लगानी गर्दै आएको समेत सहकारी सदस्य सचिव पाण्डेको भनाई छ । उहाँका अनुसार पातारासी,कनकासुन्दरी,तातोपानी र सिंजा गाउँपालिकामा पोलिक्लनिक खोल्ेन तयारी छ ।