सागर परियार ।
जुम्ला ताताेपानी गाउँपालिका ३ नव गायक तिर्थ परियार सांगीतिक क्षेत्रमा अब्बल बन्दै गएका छन् ।सानैदेखि गायन पेशा अंगालेका तिर्थले छाेटाे समयमै गित संगितबाट धेरैकाे मन जित्न सफल भएका छन् ।
सानाेमा गाउँघरका साना तिना कार्यक्रममा स्टेच गित गाउने तिर्थले अभावका बिच अाफ्नै महेनत तथा संघर्षका बिच अहिले दर्जन बढि गित रेर्कड गरिसकेका छन् । जसमा चर्चित गायिका रेखा जाेशी,टीका सानु लगायतका गायिका हरु संग गित गाएका छन् । भने, विभिन्न दाेहाेरी साझ,ईन्द्रेणिमा पनि दाेहाेरी गाउँदै अाएका छन्
गायक तिर्थ परियाले हाल सम्म अाफ्ना करिब १४ वटा गित रेर्कड भईसकेकाे बताए । उनले भने,”गायन मेराे रुचिकाे पेशा हाे । अभावकै बीच गित संगीतकाे पेशा शुरु गरियाे । अझै संघर्ष गरिरहेकाे छु । गित संगितमै भविष्य खाेज्दै छु । सबैकाे साथ सहयाेगकाे अाशामा छु ।”
२०६० साल असाेज ३ गते अामा लालसुभा दमाईकाे काेखबाट जन्मीएका गायक तिर्थ परियारले अाफ्नाे सांगितिक यात्रालाई अनबरत रुपमा अघि बढाउने उल्लेख गरे ।
उनले गाएका मध्य स्याउ पाके ल्याईअाउली कुम्ला भन्ने देउडा गित अति दर्शक स्राेताले मन पराए । जुन गित गायक तिर्थ परियारले शब्द रचना अाफै गरेका हुन् ।
त्यस्तै,रक्सी पिउदा झ्याप हुन्छु,मनमन्दिरमा सझाउ भने,किन खायाै कसम,भेटेपछि विदेशी लगायतका १४ वटा गित गाईसकेका छन् ।
घरकाे पारिवारिक अबस्था कमजाेर भएपनि गायक तिर्थ परियारले अभाव झेल्दै संघर्ष गर्दै गित संगीतमा भविष्य खाेज्दै बढी रहेका छन् ।
गित संगितका माध्यमबाट स्थानीय कला सांस्कृति,परम्परा लगायत पर्यटन क्षेत्रकाे प्रर्बदन केन्द्रित गित संगितमा जाेड दिने समेत गायक परियारकाे भनाई छ ।
उनले भने,”गित संगित मार्फत स्थानि भाषा,सांस्कृतिकाे जर्गेना गर्ने लक्ष्य भएपनि स्थानिय सरकारबाट अाबश्यक सहयाेग छैन् । मेराे एकल प्रयास केही सहयाेगि मनहरुकाे सहयाेगले सांगितिक यात्रा बढाई रहेकाे छु ।”
गायक तिर्थ परियारकाे सांगिति सफला देखेर उनका परिवार देखि अाफन्तहरु खुसि भएका छन् । दलित क्षेत्रबाट उदयमान नव गायक तिर्थकाे संषर्घ सबैका लागि प्रेरणा भएकाे छ ।
उनले गित संगित पेशालाईनै निरन्तरता दिनु पर्ने धेरैले सुझाब दिएका छन् । तिर्थका गितले धेरैकाे मन जितेकाे छ । गाउँगाउँमा बज्छन् । रमाएर नाच्छन् ।अझै यस्तै रमाईला लाेक संस्कृति जाेगाउने गित अावस भन्ने चाहाना राखेका छन् ।
गायक तिर्थ परियारले सांगितिक यात्रालाई यहाँ सम्म पुराउन सहयाेग गर्ने अंकल नरी परियार, ताताेपानी ३ नम्बर वडाध्यक्ष डिल्ली रावल,मणिकृष्ण उपाध्याय लगायतका सम्पुर्ण देश विदेशका सहयाेगीलाई हृदय देखिनै धन्यवाद दिएका छन् ।
अागामि दिनमा पनि सहयाेगकाे अपेक्षा राखेके उनकाे भनाई छ । अझै अागामि दिनमा दर्शकहरुकाे रुचि अनुसारका सांगितिक काेसेली पस्कने गायक परियारकाे भनाई छ ।



