व्यवसाय प्रवर्धन गर्न साना होटल तथा लज व्यवस्थापन तालिम

जुम्ला ः प्रायजसो बृत्तिय संस्था तथा बैंकहरुले ठुलो व्यवसाय उद्योग धन्दा चलाउनेलाई मात्रै लगानी गरेको पाइन्छ । सानो व्यवसाय गर्ने लगानी कम भएका व्यवसायमा लगानी गरेको पाइदैन । साना व्यवसाय गर्ने व्यवसायीलाई लगानी, सीपयुक्त जनशक्ति अभाव भएको देखिन्छ ।
यही समस्यालाई मध्ये नजर गर्दै सामाजिक विकास कार्यालय जुम्लाको सहयोग तथा गोकर्णाली टुर्स एण्ड ट्राभल्स जुम्लाको आयोजना र नाथमको समन्वयमा साना होटल, जल व्यवस्थापन तालिम दिएको छ ।
होटल व्यवसाय पर्यटन प्रवर्धनमा जोएको हुन्छ । पर्यटन प्रवर्धनमा लामो समयदेखि भुमिका निर्वाह गर्दै आएको गोकर्णाली टुर्स एण्ड ट्राभल्स जुम्लाका प्रमुख ललितजंग महतले साना व्यवसायीको व्यवसाय प्रवर्धन र आयआर्जन बृद्धि गर्नका लागि यो तालिमको आयोजना गरिएको बताउनु भयो । उहाँले भन्नुभयो नाथमसँगको समन्वयमा प्रशिक्षक ल्याएर होटल तथा जल व्यवस्थापनको तालिम दिएर सीप सिकाईको छ । यसले यहाँका व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आयार्यले होटल व्यवसायीले आफ्नो आनीवानी सुधार गर्नुपर्ने बताउनु भयो । बाहिरबाट आउने जङफुट विस्तापित गर्दै जुम्लामै उत्पादन हुने रैथाने बालीको परिकार बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न होटल व्यवसायीलाई सुझाब दिनुभयो । उहाँले भन्नुभयो सेवाग्राहीलाई छिटोछरितो र स्वच्छ सफा खानेकुरा चाहिन्छ । होटल स्वच्छ र सफा, सरसफाई भएको खण्डमा पुन सेवाग्राही फर्केर आउन्छ । होइन भने आउदैन । यस्ता कुरालाई बुढी ध्यान दिनुपर्ने हुन्छ ।
सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाईले व्यवसायी प्रवर्धन गर्नकै लागि तालिमको आयोजना गरिएको बताउनु भयो । उहाँले भन्नुभयो हामी बढी रैथाने वालीको परिकारमा जोड दिएका छौँ । यसलाई ग्राहकले रुचाउने पनि गरेका छन् । व्यवसायीले पनि यसैलाई प्रवर्धन गर्न सुझाउनु भयो ।
नाथमबाट आएका ३ जना प्रशिक्षकले सहजीकरण गरेको १० दिने तालिममा १६ जना होटल व्यवसायीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७९ असार १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस