काठमाडौँ, हिजो मात्र आफू कांग्रेस पार्टीबाट अलग भएको घोषणा गरेका नेपाली कांग्रेस निकट अर्थशास्त्री डा स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले बैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहु क्षेत्र नम्बर एकबाट उम्मेदवारको प्रारम्भीक छनौट गरेर पठाएको छ । उनीसंगै तनहु एकमा ईश्वर लामिछाने र डा रुपक विक घिमिरे पनि पहिलो चरणमा छनौट भएका छन ।
त्यसैगरी चितवन २ बाट पार्टी सभापति रवि लामिछाने एक जनाको मात्र नाम पहिलो चरणमा सिफारिस गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्ति जारी गरी जनाएको छ।त्यसैगरी बैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा २ बाट दुई जनाको नाम पहिलो चरणमा सिफारिस गरेको छ।बारा २ बाट रमेश खरेल र युवराज न्यौपाने पहिलो चरणमा सिफारिस भएका छन।
यस अघि मंसीर महिनामा भएको आम निर्वाचनमा तनहु एक बाट विजयी नेपाली काग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा २ बाट निर्वाचित भएका जनता समाजवादी पाटी जसपाका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका कारण यस क्षेत्रमा पुन उपनिर्वाचन गर्नु परेको हो। चितवनमा भने यस अघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएपनि उनी नागरिकता मु्द्धामा दोषी ठहरीएपछि उनको सांसद पद खारेज भएका कारण पुन निर्वाचन गर्नु परेको हो।



