जुम्ला । प्रसुतिको समयमा एक महिलाले कुन हदसम्मको कष्ट व्यहोर्नु पर्छ ? पेटमा बच्चा बसेदेखी जन्मीने बेला सम्मको असहजता महिलाले कसरी भोगी रहेका हुन्छन् ? अधिकांश श्रीमानले त्यो कूराको अनुभुति गर्नै पाउदैनन् ।
देशका अधिकांश अस्पतालमा प्रसुतीको समयमा श्रीमानलाई अलग्गै राख्ने परिपाटीका कारण चाहेरपनि श्रीमानले श्रीमतीको प्रशव पिडा नजिकबाट भोग्न र अनुभूति गर्न सकेका छैनन् । प्रसुतिको समयमा श्रीमानको साथ र भरोसा श्रीमतीलाई अत्याआबश्यक पर्छ ।
प्रशव पिडाले छटपटाईरहेका बेला श्रीमान संगै हुँदा श्रीमतीलाई आँट आउने,भरोसा मात्र मिल्दैन् । सुरक्षित भएको अनुभुति पनि हुन्छ । आफ्ना पिडा खुलेर भन्छन् । भने श्रीमानले पनि श्रीमतीका पिडा प्रत्यक्ष भोग्ने अनुभुति गर्ने अबसर पाउँछ ।
तर धेरै अस्पतालहरुले प्रसुतिको बेला श्रीमानलाई संगै रहन दिदैनन् । तर जुम्लाको परिवेशमा गर्भावस्थाका पिडाबारे अधिकांश श्रीमान जानकार नहुनु,प्रसुतीको समयमा संगै नहुनुका मुख्यतय दुई कारण देखिएका छन् ।
पहिलो कारणः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा प्रसुतिको समयमा श्रीमानसंगै राख्न मिल्ने पूर्वाधार नहुनु र दोस्रो कारणः स्वयम श्रीमान प्रसुती समयमा बस्न नमान्नु,लजाउनु,कतिपयले वास्तानै नगरी बच्चा जन्माउनु श्रीमतीकै जिम्मेवारी हो भन्ने सोच राख्नु मुख्य समस्या रहेको छ ।
गर्भवती महिलाको साथमा श्रीमान अनिवार्य राख्न छुट्टै कोठा हुनु पर्छ । तर प्रतिष्ठान त्यस्तो पूर्वाधार छैन् । लस्करै राखिएका बेडहरुमा श्रीमान संगै राख्दा प्राईबेसी मेन्टन गर्न समस्या हुन्छ । यस विषयमा पनि सबैले बुझ्न जरुरी छ ।
प्रसुतिको समयमा श्रीमानको साथ कति आबश्यक हुन्छ भन्ने बारे चेतना अभावका कारण साथमा नबस्ने गरेको पाइएको छ । भने कोही आएर प्रसुतिको बेला श्रीमती संगै बस्छु भनेको खण्डमा पनि प्रतिष्ठानमा त्यस्तो पूर्वाधार छैन् । जसका कारण गर्भवती महिलाबाट श्रीमान अलग्गै रहनु पर्ने बाध्यात्मक परिस्थिती छ ।
प्रतिष्ठानमा सुत्केरी भएकी एक महिलाले प्रसुति कक्षमा श्रीमानकाे आबश्यकता महसुश हुने बताईन् । तर हाम्राे समुदायमा अधिकांश श्रीमान बच्चा जन्माउनु महिलाकै जिम्मेवारी ठान्छन् ।
उनले भनिन,’एकातिर प्रतिष्ठानमा श्रीमान संगै राख्ने व्यवस्था छैन् । अर्काेतिर श्रीमान संगै बस्नुपर्छ,पीडा बुझ्नुपर्छ भन्ने चेतना छैन् । यश विषयमा प्रयाप्त चेतना विस्तार गर्न जरुरी छ ।’
पेटमा बच्चा बसदेखि जन्माउने बेला सम्म आमा जत्तिकै दायित्व बाउकाे पनि हाे भन्ने कुरा बुझाउनु पर्ने प्रतिष्ठानमा त्यस्ताे परामर्श दिनु पर्ने व्यवस्थापन गर्नु पर्ने एक सुत्केरी महिलाले नाम नबताउने सर्तमा जानकारी दिईन् ।
पश्चिम नेपालकै स्वास्थ्य भरोसा केन्द्रका रुपमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसुतीको समयमा चाहिने आबश्यक पूर्वाधार नहुनु आफैमा दुखद पक्ष हो । दक्ष जनशक्ति,ठोस योजना,सिप भएपनि पूर्वाधार अभाव र समुदायको चेतनास्तरको कमीले जुम्लाका श्रीमानहरु गर्भवतीसंगै बस्न नमान्ने गरेको मिडवाइफरी अफिसर सविता खड्काले बताईन् ।
उनले भनिन,‘बच्चा पेटमा बसेदेखि जन्मीने बेला सम्मको सबै कुरा श्रीमानलाई थाहा हुनुपर्छ । हामी जानकारी दिन पनि चाहान्छौ । त्यसका विषयमै तालिम लिएका पनि छौ । तर एकातिर अस्पतालमा पूर्वाधार नहुनु अर्कोतिर प्रसुति समयमा श्रीमान संगै बस्ननै नमान्नुले जुम्लामा समस्या निम्तीएको छ । यतिसम्मकी जुम्लामा प्रसुतीको समयमा श्रीमान संगै हुँदा बेथा लम्बीने विश्वास रहेछ । प्रसुतीको बेला श्रीमान संगै हुनु जरुरी हुन्छ भन्ने बुझाई धेरैमा छैन् । तर जुम्लामा गर्भ जाँच गर्दा पनि श्रीमतीलाई एक्लै पठाउने । अस्पताल आएपनि नछुने समुदाय छ । यसले गर्दा निकै समस्या छ ।’
प्रसुतीको समयमा होस् वा अन्य विरामीलाई होस् विशेषगरी पोछा लगाउँदा,डाक्टर राउण्डरमा आउँदा र विरामी जाँच गर्ने बेला मात्रै विरामीको कुरुवा वा आफन्तलाई बाहिर पठाउने अस्पतालको प्रोटोकल नै भएकोले यस विषयमा सबै जानकार हुनु पर्ने खड्काको भनाई छ ।
महिला गर्भवति हुँदा भिडियो एक्सरे वार्डमा धेरै श्रीमानले जान खोजेपनि रोकिन्छ । भिडियो एक्सरे हेर्न अस्पतालको प्रोटोकलले मिल्छ की मिल्दैन् ?भन्ने प्रश्नमा मिडवाइफरी अफिसर खड्काले थपिन,‘अधिकांश श्रीमान सुत्केरी श्रीमतीको नजिक आउदैनन् । जहाँ सम्म प्रसुतीको बेला श्रीमान संगै हुनु पर्ने कुरा छ यहाँ पूर्वाधार अभावले तत्काल सम्भव छैन् । हामी प्रयासमै छौ ।
भिडियो एक्सरेमा जान पाईने नपाईने कुरामा पनि,सम्बन्धित बिरामीको प्राईबेसी कायम गर्न अस्पतालको प्रोटोकलनुसार नै दोस्रो व्यक्ति जान मिल्दैन् । जटिल अबस्था बाहेक । तथापी रिपोर्टका विषयमा सबै जानकारी गराउन सक्छौ । त्यो पनि बुझन् थुप्रै श्रीमान चाहादैनन् । प्रसुती अबस्थामा श्रीमानको साथबारे जनचेतनानै कमी छ ।’
साथै प्रसुतीको स्याहारका लागि रहेक अस्पतालमा छुट्टै बर्थिङ सेन्टर हुनुपर्छ । जुम्लामा बर्थिङ सेन्टर छ । तर प्रयाप्त पूर्वाधार जनशक्ति अभावले संचालनमा छैन् । मेटानीटि वार्डका लागि विगतमा १८ जना नर्सिङ स्टाप थिए । त्यतिबेला एकजना बर्थिङ सेन्टरका लागि खटाइएको थियो । अहिले ११ जना मात्रै नर्सिङ स्टाप छन् । वार्डमै काम भ्याउन मुस्किल छ । जनशक्ति व्यवस्थापन भएको खण्डमा बर्थिङ सेन्टर पनि सुचारु हुन्छ ।
सुधारिदैँ नर्सिङ सेवा
कर्णाली प्रतिष्ठानका नर्ससिङ स्टापले विरामीदेखि कुरुवालाई रुखो बोलेको,मैत्रीपूर्ण व्यवहार नगरेको प्राय गुनासो आउँछ । त्यस्तै पोछा लगाउने कर्मचारी र हरेक वार्डको गेटमा बस्ने सुरक्षा गार्डको गुनासो त सुनिनसक्नु छ । नाम लेखाउने देखि भुक्तानी गर्ने काउन्टर सम्मको सास्तीका विषयमा पनि आम नागरिक भुक्तभोगी छन् ।
यसमा अस्तालका केही सिमितता होलान्,सेवामा खटिएका कर्मचारी तनावमा होलान्,तर नागरिकले सेवा पाएनौ भन्ने तवरले मात्रै प्रश्न गरिरहेको देखिन्छ । तर विगतको तुलनामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै वार्डमा कार्यरत नर्सिङ स्टापहरु सेवा शैली व्यवहार सबै फेरिएको देखिन्छ ।
अझ विशेषगरी मेटानीटि वार्डको सेवा निकै सुधारिएको छ । कतिपयको व्यवहार अझै सुधारउन्मुख छ । तर विगगतको तुलनामा नर्सिङ स्टापको सेवा प्रवाहको शैली निकै फेरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ डाईरेक्टर सविता थापा बताउँछन् ।
काम गर्दै जाँदा केहि त्रुटि पनि हुन सक्छन् । उनले भनिन,‘काम गर्ने क्रममा भएका साना त्रुटि मात्रै देख्ने र त्यसकै चर्चा गर्ने चलन छ । तर कति विरामीलाई नर्स र डाक्टरहरुलेनै रगत दिएर बचाएका छन् । कतिलाई निःशुल्क खाना खुवाएका छन् । तर त्यो कुरा कहिले कसैले भन्दैन् । बाहिर आउदैन् । साना तिना कुरा गरी मनोबल गिराउने काममा समाज अग्रसर छ । यदपी हामी सेवामा सर्पित छौ ।’
अब मेटानीति वार्डको सेवालाई थप प्रभावकारी गर्न हामी निकै लागि परेका छौ । हामीले सबै नर्सहरुलाई मुस्कान सहित नम्र व्यवहार गरी सेवा दिन सुझाएका हुन्छौ । राज्यले प्रसुती सेवालाई प्रभावकारी,सहज बनाउन ठोस योजना पनि बनाएको छ । दक्ष जनशक्ति पनि छन् ।
तर जुम्लाको परिपेक्षमा भने पूर्वाधारको अभावले अस्पतालले केहि सेवा दिन सकेको छैन् । उपलब्ध स्रोत साधन र जनशक्तिको अधिकतम प्रयोग गरी सेवा दिईरहेको नर्सिङ डाईरेक्टर थापाले उल्लेख गरिन् ।
अस्पतालको सेवा प्रवाह नर्सिङ स्टापबारे राम्रा र सुधार गर्नु पर्ने पक्षका विषयमा गुनासो पेटीमा सुझाब दिन र भेटेरै सुझाब सल्लाह दिन समेत उनले आग्रह गरेकी छन् ।