
जुम्ला । जुम्लामा संचालित हिमाली संवादकाे दाेस्राे शत्रमा ‘हिमाली समुदायमा जलवायु परिवर्तनको प्रभाव’ विषयमा छलफल गरिएकाे छलफल गरिएकाे छ । जलवायू परिवर्तनले हिमाली क्षेत्रमा बहुआयामिक असर गरेकाे वक्ताहरुले बताएका छन् ।
बक्ताहरुले जलवायू परिवर्तनले कृषि,स्वास्थ्य खानेपानी,शिक्षा लगायतका क्षेत्रमा प्रत्यक्ष असर पुगेकाेले अनुकुलनका प्रयास गर्नु पर्ने बताएका हुन् ।
शत्रकाे वक्ताका रुपमा रहनु भएका किर्डाक नेपालका कार्यकारी निर्देशक गाेविन्द बहादुर शाहीले हिमाली समुदाय जलवायू परिवर्तनकाे प्रत्यक्ष प्रभावमा परेकाे उल्लेख गरे । जलवायू परिवर्तनले हिमाली समुदायले भाैतिक तथा आर्थिक रुपमा ठुलाे क्षति व्यहाेरिरहेकाे अबस्था अब अनुकुलनका कार्य गर्न ढिला गर्न नहुने उल्लेख गरे ।
उनले भने,’विगतमा बाह्रैमास सेता हुने हिमाल अहिले काला पत्थर बनेका छन् । त्यसकाे असर किसानमा परेकाे छ । सिँचाई सुविधा अभाव भएकाे छ । भएका मुहान सुकेका छन् । यसमा हाम्रै मानविय अनियन्त्रीत गतिविधि पनि मुख्य कारण छ । अब हामीले वातावरण जाेगाउन जरुरी छ ।’
यूथ एलायन्स फर ईन्भाइरोमेन्टको कार्यक्रम संयोजक अन्जु पाेखरेलले जलवायू परिवर्तनलेकाे बहुआयामिक असर बालबालिकामा परेकाे बताईन् । उनले भनिन,’हाम्रा मानविय गतिविधि अर्थात अनियन्त्रीत विकासकाे भार बालबालिकाले भाेगेका छन् । विगतमा हरियाली हुने वनपाखा नाङ्गा भएका छन् । यसकाे आर्थिक,सामाजिक,कृषि,स्वास्थ्य खानेपानी क्षेत्रमा प्रत्यक्ष असर परेकाे छ । अब गम्भीर हुनुपर्छ ।’
कनकासुन्दरी गाउँपालिका उपाध्यक्ष प्रेमकली बुढाले जलवायू परिवर्तनले समाजका सबै क्षेत्रमा प्रभाव पारेकाे उल्लेख गरिन् । सिमित स्राेत साधनका बीच जलवायू परिवर्तनका असर न्युनिकरण गर्न बालबालिका,यूवा महिलासबैलाई सचेतीकरण गरेका छाै । स्राेत अभावले यश क्षेत्रमा प्रयाप्त काम गर्न नसकेकाे उल्लेख गरिन् ।
साथै जलवायू अनुकुलनकाे विषय स्थानीय सरकारकाे प्रथामिकतानै नरहेकाे भन्नेमा आफू सहमत नभएकाे भन्दै सक्दाे प्रयास गरेकाे दाबी गरिन् ।
बाल अभियान्ता राेशनी बुढाले जलवायू परिवर्तनले कूपाेषण बृद्वि,शिक्षा,स्वास्थ्यबाट बन्चित,शुद्व पानीबाट बन्चित जस्ता असरहरु भाेगेकाे उल्लेख गरिन् ।
त्यस्तै बालबालिका शान्ति क्षेत्र अभियान मिना शर्माले जलवायू परिवर्तनका असर र त्यसबाट अनुकुलित हुनका लागि तीन तहका सरकालाई नागरिक समाजले समयमै सजग र सचेत गर्नु पर्ने बताईन् । नीतिगत रुपमा सुधार नगरी अपेक्षित उपलब्धी हासिल नहुनेमा जाेड दिईन् ।