जुम्ला । जुम्ला जिल्लाको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको अध्यक्षमा विश्व राज खत्री चयन भएका छन्। शनिवार भएको प्रतिष्ठानको चौथो जिल्ला अधिबेसनबाट खत्रीलाइ अध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको हो ।
लामो समयदेखि प्रतिष्ठानमा आबद्व रहेका र सांगितिक क्षेत्रमा योगदान दिएका खत्रीले प्रतिष्ठान चलाउने जिम्मेवारी पाएका छन् ।
नवप्रतिभाको पहिचान गर्ने , लोक तथा दोहोरी गित प्रतिष्ठान को सस्थागत बिकास गर्न लागि पर्ने अध्यक्ष खत्रीले बताए ।
खत्रीको अध्यक्षतामा २२ सदस्यीय जिल्ला कार्यसमिति चयन भयको आयोजकले बताएको छ । त्यस्तै बरिष्ठ उपाध्यक्षमा पन्चकली बुढा, खुला उपाध्यक्षमा उमेश परियार, दृत्तिय उपाध्यक्षमा मनोज अधिकारी, सचिवमा एकराज अधिकारी, सह-सचिवमा मदन महत र कोषाध्यक्षमा देवकी खत्री चयन भएकी छन्।
प्रकाशित मिति : २०८२ कार्तिक २४ गते शनिवार



