जुम्ला । जुम्लाका सफल व्यवसायी देउऋषि चौलागाँई सहित तीन जना व्यवसायी उत्कृष्ट करदाताका रुपमा सम्मानित भएका छन् ।
चौधौ राष्टि्य कर दिवस २०८२ का अबसरमा जुम्लाका देउऋषि चौलागाँई सहित कालिकोट र मुगुका तीन जना उत्कृष्ट करदाताका रुपमा सम्मानित भएका हुन् ।
आईतबार कर दिवसका अबसरमा आयोजित एक समारोहका अबसरमा उत्कृष्ट करदातालाई सम्मान गरिएको हो । जिल्ला न्यायधिष आनन्दराज पन्तद्वारा सम्मान प्रदान गरिएको हो ।
जुम्लाका कैलाश जनरल स्टोरका संचालक देउऋषि चौलागाँई, हिमालचुलि कृषि सहकारी संस्था कालिकोट र रविचक्र/बिफोर जेभी मुगु सम्मानित भएको आन्तरिक राजश्व कार्यालय जुम्लाका प्रमुख प्रभात घिमिरेले बताए ।

आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीका जुम्ला, मुगु र कालिकोटका करदाताहरुमध्यबाट आयकर तर्फ सबैभन्दा बढी कर तिरेको हौसला प्रदान सम्मान गरिएको उनको भनाई छ ।
शुन्यबाट सुरु गरेको व्यवसायबाट राज्यको आर्थिक विकासमा योगदान गरेकोमा सम्मानित हुन पाउँदा खुसी लागेको बताए | राज्यले नीजि क्षेत्रको विकासका लागि विशेष प्याकेज तथा सहज कर नीति ल्याउनु पर्ने उल्लेख गरे ।



