जुम्ला अपडेट: कनकासुन्दरी- १ र २ को मत गणना गर्दा ज्ञानेन्द्र शाहीको अग्रता 

जुम्ला । जुम्लाको प्रारम्भीक मत गणनामा राष्टि्य प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र बहादुर शाहीले सुरुवाती अग्रता लिएका छन् । शुक्रबार विहान ९ बजेदेखि सुरु भएको मत गणनामा कनकासुन्दरी गाउँपालिका वडा नं १ र २ का मत गणना गरिएको थियो । 

कनकासुन्दरी १र २ को १२ सय ४५ मत गणना गर्दा ज्ञानेन्द्र बहादुर शाही ५४१ मत सहित अग्रस्थानमा छन् । भने नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारीले ४३५ मत प्राप्त गरेका छन् । नेकपा भन्दा राप्रपाका शाही १०६ मतले अगाडी छन् ।

त्यस्तै नेपाली काँग्रेसले १५४,नेकपा एमालेले ७२,घण्टी ९ र मादलले ३ मत पाएका छन् । भने १२ सय ४५ मत गणना गर्दा ३१मत बदर भएको सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले बताए । 

प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस