उद्योग बाणिज्य संघको अध्यक्षमा कठायत र देवकोटाको उम्मेदवारी

जुम्ला : देशको  तिन खम्बे अर्ततन्त्र नीति मध्यको प्रमुख मेरुदण्डको रुपमा रहेको निजि क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य संघ जुम्लाको १६ औँ चुनावी साधारण सभामा व्यवसायी भैरब कठायत र पुरिचन्द्र देवकोटाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
देवकोटाको प्यानलबाट प्रथम उपाध्यक्षमा डम्बर खड्का, उपाध्यक्षमा गणेश रोकाया, महासचिवमा टेकेन्द्र नगरकोटी, कोषाध्यक्षमा देवेन्द्र उपाध्याय, सदस्यमा दिलबहादुर रोकाया, सुनिता श्रेष्ठ, लक्ष्मीचन्द्र भट्टराई भुपेन्द्र बुढा, कमल रोकाया र देविप्रसाद चौलागाई रहेका छन् । यस्तै महिला सदस्यमा अनुपमा रोकाया, दलित सदस्यमा बलबहादुर सार्की र जनजाती सदस्यमा नन्दबहादुर गुरुङको उम्मेदवार िरहेको छ । देवकोटा प्यानलको लेखा समितिको संयोजकमा खड्क धामी, सदस्यमा धनबहादुर बोहरा र पूर्णप्रसाद चौलागाईले उम्मेदवारी दिएका छन् ।
यस्तै यूवा व्यवसायी कठायतको प्यानलमा प्रथम उपाध्यक्षमा नन्दराज धिताल, उपाध्यक्षमा डँगे सार्की, महासचिवमा पूर्ण आचार्य, कोषाध्यक्षमा कमलबहादुर महत, सदस्यमा पूर्णबहादुर बुढ्थापा, दलबहादुर महतारा, लोगजंग रावल र ज्ञानबहादुर सुनारको उम्मेदवारी रहेको छ । यस्तै महिला सदस्यमा चन्द्रवति उपाध्याय, जनजाती सदस्यमा मिमलाल श्रेष्ठ र दलित सदस्यमा डम्वर सार्कीको उम्मेदवारी रहेको छ । यस्तै लेखा समितिको संयोजनकमा बालकृष्ण बुढाक्षेत्री, सदस्यमा देविदास बुढा र शिवलक्ष्मी महतको उम्मेदवारी रहेको उद्योग बाणिज्य संघ जुम्लाका निर्वाचन संयोजक दिलबहादुर महतले बताए । १६ औँ चुनावी साधारण सभाको मतदाता संख्या ५०७ जना रहेका छन् ।

 

प्रकाशित मिति : २०७८ चैत्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस