
आदरणीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा ज्यू नमस्कार
आराम छु आरामकै चाहाना गर्दछु । विशेष पत्र लेख्नको कारण केही थिएन हजुर सुरक्षाको घेरा भित्र वस्नु भएको होला । यती धेरै टाढा डाडापारी विकट कर्णालीको जुम्ला जिल्लाबाट चिठी लेख्दैछु । प्रत्यक्ष भेट हुने त कुरानै भएन यदी भए पनि हजुरले मलाई चिन्नु नै हुन्न होला । किन कि ३ करोड नेपाली सबैलाई चिन्न मुस्किलनै हुन्छ ।
पार्टी भित्रका ७७ जिल्ला सभापतिलाई त मुस्किलले चिन्नु होला । त्यसमा पनि हामी जस्ता प्रदेश प्रतिनिधि र करिव २ लाख नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्यलाई त झन् कल्पना नै नगरौ । तै पनि सानो गुनासो पत्र लेखेको छु । हजुरको हातमा प्रयो भने झन्झट नमानि पढेर मनन् गरिदिनु होला । यो २०७९ सालको प्रतिनिधि र प्रदेश चुनावको देशभरबाट अन्तिम नतिजा आउंदैछ ।
त्यो नतिजा हेर्दा जनताले युवालाई चाहेको वा रोजेको देखिन्छ । त्यसैले हजुरको निर्वाचन क्षेत्र वा ७७ वटै जिल्लाको हेर्दा वा १६५ वटा क्षेत्रको हेर्दा ५÷५ पार्टी एक हुदा त हजुर जस्तो प्रधानमन्त्रीलाई त स्वातन्त्र उम्मेदवार सागर ढकालले पच्छाउदै गए । पार्टी प्रति तेत्रो योगदान गरेका कर्ण मल्लको हालत कस्तो भयो । एक्लै चुनाव लड्दा हजुरको हालत त त्यस्तै हुने रहेछ । अरु हाम्रा अग्रज अनुभवी पाका नेतागणहरुको हालत कस्तो होला । हजुर यूवा हुदा जुन क्रेज थियो त्यो अहिले रहेन । त्यसैले हजुर जस्ता अग्रज नेतागणले आफ्नो अनुभव साट्दै असल अभिभावकको भूमिका निर्वाह गर्न उपयूक्त होला । हजुरका योगदानलाई कदर गर्ने नै छौं । अवका नेतृत्व गगन, विश्वप्रकाश, प्रदिप दाई जस्ता युवालाई दिनु हुने छ भन्ने ठुलो विश्वास र आशा गरेका छौँ ।
हेर्नुहोस त हिजो मात्र दर्ता भएको राष्ट्रिय स्वातन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन जुम्लाका ज्ञेनेन्द्र भाई बालेन, हर्क, सुनिता, डा तोसिमा, सोविता जस्ता युवाहरु प्रतिको क्रेज देख्दा मलाई लाग्छ हजुरले युवालाई नेतृत्व दिईएको भए वा प्रचण्ड, ओलीले पनि सोचेको भए यसरी जन्मने थिएनन् होला स्वातन्त्र पार्टी र स्वतन्त्र व्यक्तिहरु !
त्यसैले युवाहरूलाई पार्टी प्रति वितृष्णा जाने छ र विकल्पको खोजी गर्न थाल्ने छन् । प्रधानमन्त्री तथा सभापति देउवा ज्यू सोच्नुहोस धेरै ढिला भईसक्यो । अझै पनि आफैलाई मात्र सोच्नु भयो भने नेपाली काङ्ग्रेस पार्टी त झन् एकदिन कथा बन्ने छ ।
नेपालमा पनि नेपाली काङ्ग्रेस थियो रे २००७ सालको प्रजातन्त्र, २०४६÷४७ सालको बहुदल र २०७२ सालको संविधान लेख्यो रे भन्ने कथा बन्ने छ ।
त्यसैले नेपाली काङ्ग्रेसको साख बचाई राख्ने हो भने सोच्नुहोस २०७९ साल निर्वाचन पछिको सरकारको नेतृत्व युवालाई हस्तान्त्रण गर्नुहोस । ज्योतिसिले ७७ पटक प्रधनमन्त्री बन्ने योग छ भनेर भन्नु हुन्छ । हजुर त भन्नुहोला तर जनताले केही पनि आशा गरेका छैनन जस्तो लाग्छ । पत्र लामो भयो झनझट नमानी पढिदिनु होला । भन्ने र लेख्ने त धेरै बांँकी थियो । बाँकी कुरा भेटघाटमा भनौला पत्र लेख्दा, सम्बोदन गर्दा कतै त्रुटी भएमा क्षमा चाहान्छु । भन्दै यो चलिरहेको कलम बन्द गर्न चाहान्छु !
उहि काँग्रेसको बफादार आज्ञाकारी कार्यकता
कृष्णबहादुर बुढा
प्रदेश प्रतिनिधि जुम्ला



