जुम्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाई तालिम

जुम्ला – करागारका कैदीबन्दीका लागि सिलाइकटाई तालिम सञ्चालन गरिएको छ । कैदीबन्दीका लागि एक महिने सिलाइकटाई तालिम सञ्चालन गरिएको हो । कारागार विभाग, कारागार कार्यालय जुम्लाको आयोजनामा एक महिने सीप विकास सिलाईकटाई तालिम सञ्चालन गरिएको हो ।

सिलाइकटाई तालिम रत्नकली नेपालीले सहजीकरण गर्ने भएकी छन् । उनले भनिन्, “मैले सिकेको सीप बाँड्ने अवसर पाएकी छु । म आफ्नो तर्फबाट सकेसम्म राम्रोसँग सिकाउने प्रयास गर्ने छु ।

तालिममा ३० जना कैदीबन्दी सहभागी छन् । कैदीबन्दीको सीप विकास गरी उनीहरूलाई आत्मनिर्भर बनाउन र रोजगारीसँग जोड्ने उद्देश्यले सिप सिकाउन खोजिएको कारागार प्रशासनले जनाएको छ । तालिमले कैदीबन्दीको क्षमता अभिवृद्धि गर्नुका साथै उहाँहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलले बताए ।


जुम्ला कारागारमा ४ जनामहिलासहित एक सय जना कैदीवन्दी रहेका छन् । एक सय जना कैदीवन्दी मध्ये ३० जनाले मात्रै सिलाईकटाई तालिम पाउने भएका छन् । कैदीवन्दी सवै जनाले कम्तिमा पनि तीन महिनाको तालिम भएको भए धेरै कुरा सिक्न सकिने कैदीवन्दीले जनाएका छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस