शिखर ईन्सोरेन्स जुम्लाको तालाबन्दी खुल्यो 

जुम्ला । शिखर ईन्सोरेन्स जुम्लामा लगाईएको ताला खोलिएको छ । स्याउ बिमाको विवादले किसानले लगाएको ताला खोलिएको हो ।

माघ २ गते बिमा कम्पन्नी,पिडित किसान र सरकार बीच त्रिपक्षीय सहमतिपछि जुम्ला शाखामा लगाईएको ताला आईतबार खोलिएको छ । मौसम मापानमा त्रुटि भएको  र तत्काल त्रुटि सच्याई तत्काल बिमा रकम उपलब्ध गराईने लगायतका ६ बुदे सहमति भएको छ । 

जिल्ला प्रशासन, पत्रकार महसंघको रोहोवरमा किसानका अगुवा नरेन्द्र बुढा लगायत अन्य किसानको सहभागितामा ताला खोलिएको शिखर ईन्सोरेन्स कर्णाली प्रमुख ऋषिराम पाण्डेले बताए । 

पुषको दोस्रो सातादेखि लगाईएको  ताला किसानले खोलेपछि बिमा शाखाले आफ्ना नियमित सेवा संचालन गरेको छ । 

प्रकाशित मिति : २०८२ माघ ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस