जुम्ला । जुम्लामा चुनाव नजिकीदै गर्दा एकपछि अर्को राजनीतिक दलले शक्ति प्रर्दशन गरेका छन् । सिंजा क्षेत्र केन्द्रित दलहरुले शक्ति प्रर्दशन गरिरहेकाछन् ।
विहिबार नेपाली कम्युनिष्ट पार्टीले कनकासुन्दरीको गोठिज्युला बजारमा शक्ति प्रर्दशन गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गरी आयोजना गरीएको शक्ति प्रर्दशनमा जिल्लाभरीकै नकेपा समर्थकको सहभागिता थियो ।
सिंजा क्षेत्रबाट मात्रै ५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएपछि त्यस क्षेत्रका तीन पालिकाले कसले बढी भोट ल्याउने भन्ने प्रतिस्पर्धामा एकपछि अर्को दलले सिंजा क्षेत्रमै शक्ति देखाई रहेका छन् । ७१ हजार ३२९ मत रहेको जुम्लामा फागुन २१ को चुनालाई सिंजा क्षेत्रकै तीन पालिकाको मत निर्णायक हुने अनुमान सहित दलहरु सिंजा केन्द्रित छन् ।
कनकासुन्दरीको आमसभालाई सम्बोधन गर्दै नकेपाका प्रत्यक्ष उम्मेदवार नरेश भण्डारीले ४० वर्षमा कर्णालीको एतिहासमा कर्णाली प्रतिष्ठान पहिलो कानुन बनेको र उक्त कानुन आफुले बनाएको बताए । अब जनताले जिताएर पठाएमा पहिलो प्रथामिकतामा सिंजा सभ्यता विधेयक पारित गर्न दबाब बढाईने प्रतिबद्वता व्यक्त गरे ।



