जुम्ला । तातोपानी गाउँपालिका वडा नं ५ स्थि दुर्गा माध्यमिक विधालयको व्यवस्थापन समितिको अध्यक्षमा यूवा डिल्ली कामी चयन भएका छन् । मंगलबार भएको बृहत्त भेलाबाट यूवा कामी सर्वसम्मत विव्यस अध्यक्षमा चयन भएका हुन् ।
यस अघि उनी कालिका आधारभूत विधालय हियाखोलाका विव्यस अध्यक्ष थिए । तीन वर्षको कार्यकालमा कालिका आवीलाई पालिकाकै नमुना विधालय बनाएका यूवा कामीले कलिलै उमेरमा माध्यमिक विधालयको शैक्षिक, प्रशासनिक तथा भौतिक अबस्था सुधार गर्ने जटिल जिम्मेवारी सुम्पीएका छन् । सामान्य परिवारमा जन्मीएका उनी सानै उमेरदेखी सामाजिक सेवामा अग्रसर भएका कारण पनि स्थानीयले नेतृत्वमा स्वीकारीरहेका छन् ।
कालिका आवीमा पठनपाठन सुधार, भौतिक अबस्था सुधार, प्रविधिमैत्री पठपाठनको सुरुवात, अर्गानिक दिवा खाजा प्रभावकारी लगायतका नमुना काम गरेका थिए । विधालयमा बालबालिकाको संख्या उल्लेखीय रुपमा बृद्वी समेत गरेका छन् ।
मंगलबार भएको भेलाबाट सर्वसम्मत डिल्ली कामीलाई अध्यक्षको नेतृत्व सुम्पीएपछि उनले थप जिम्मेवारी थपिएको बताए । उनले आफ्नो क्षामता र अनुभवले सकेसम्म दुर्गा माविको सुधारमा सधै लागि पर्ने उल्लेख गरे ।
गुणस्तरीय शिक्षा र नतिजामा सुधार, कुसल र प्रेरित शिक्षक व्यवस्थापन, विधार्थी केन्द्रित कार्यक्रम, व्यवहारिक शिक्षामा जोड, शिक्षकको क्षामता विकास, भौतिक पूर्वाधार विकास, अभिभावक, विधार्थी, शिक्षक बीचको सम्बन्ध विस्तार, नैतिक शिक्षामा जोड, विधालयको आर्थिक सुशासन तथा पारर्दशिता कायम, विधालयको दिगो विकास तथा उत्कृष्ट शिक्षकलाई पुरस्कृत जस्ता दर्जनौ योजना अघि सारेका छन् ।
आफ्नो कार्यकाल अवधिभर सबै निकाय संग समन्वय सहकार्य गरी निर्धारित लक्ष्य अनुसार दुर्गा माविलाई नमुना विधालय बनाउन तनमन दिएर लागि पर्ने अध्यक्ष कामीले बताए ।
दुर्गा माविमा यस अघि आदी प्रसाद न्यौपाने विव्यस अध्यक्ष थिए । उनले पनि विधालय सुधारका थुप्रै प्रयास गरेका थिए ।



