
सागर परियार
जुम्ला । द्धन्द्धपिडित महिलाहरुले द्धन्द्ध समाप्त भएको दशकौ वितिसक्दा पनि आफुहरुले राहात नपाएको गुनासो गरेका छन् । तत्तकालिन माओबादिले गरेको जनआन्दोलनमा आफ्ना श्रीमान गुमाएकी जुम्लाका सयौ एकल महिला हरुले राहात अहिले सम्म पनि पाएका छैनन् । देशमा आमुल परिवर्तन भईसक्दा पनि द्धन्द्धपिडित महिलाहरुको घाउमा मलम पटी् लगाउन अहिले सम्म नत राज्य पक्षबाटै केहि पहल भएको नत कसैले बोलेका छन् ।
जीउदा सहिद भएर बाचिरहेका द्धन्द्धपिडित महिलाहरु प्रति राज्य रमिते भएको द्धन्द्धपिडित महिला रुद्रकली सार्कीले बताईन । उनले भनिन उ बेला माओबादिले खान बस्न दिएन, आँखा अगाडीनै श्रीमानको मृत्यु भयो । तर पनि सरकारले त्यो रगतलाई पानीको संज्ञा दियो । पतिको सम्झनामा आँखा आभानो भएन । र पनि राज्य पक्षले आँसु पुछ्ने काम गर्न नसेको उनको दुखेसो छ । देशमा भएकाले रहेक परिवर्तन आफु जस्तै छोरा, श्रीमान गुमाएकी पिडित महिलाहरुलाई नछाएको उल्लेख गरिन ।
उनि एक प्रतिनिधि पात्र भएपनि जुम्लाका १ सय ५० जना द्धन्द्ध पिडित महिलाहरुले राहात पाएका छैनन् । सरकार संघिय संरचनामा गई कार्यान्वयनको अबस्था रहँदा पनि पिडित महिला लाई शसक्तिकरण तथा आत्मनिर्भर बनाउन खासै प्रभावकारी काम नभएको द्धन्द्ध पिडित एकता महिला संजालकी अध्यक्ष हरि महतले बताईन ।
उनले भनिन, अब यो संजालले पिडित महिलाको न्यायका लागि वकालत गर्ने छ । स्थानिय तहमा आउने लक्षित वर्गको १० प्रतिशत बजेट खभर्च कहा कसरी हुन्छ त्यस विषयमा पनि छलफल तथा परामर्श गरी पिडित महिलाहरुलाई आत्मनिर्भर बनाउने उनको भनाई छ । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले द्धन्द्ध पिडित महिलाको राहातका लागि सरकारले छुटाएको बजेट लक्षित वर्ग सम्म नपुग्नु पहिलो समस्या भएको उल्लेख गरे ।
उनले भने, द्धन्द्ध पिडित महिला एकता संजालले संकलन गरेको १ सय ५० जना पिडित महिलाहरुले मध्य कतिले पाएको नपाएको विषयमा तत्काल बुझने नपाएको प्रक्रिया अगाडी बढाउने बताए । द्धन्द्धका बेला घाईते भई अहिले उपचार गराईरहेकाहरुलाई उपचारमा समस्या हुँदा प्रशासनबाट सिफारिस जतिबेला पनि दिने जानकारी दिए । पिडित महिलाको माग समबोधनका विषयमा सबै सरोकारवालाहरुले सहयोग गर्नु पर्ने महिलाहरुको भनाई छ ।