उद्योगमैत्री वातावरणको खोजी !


जुम्ला । जंगबाहादुर राणाले बि.सं. १९०८ मा बेलायत बाट ल्याएर छापाखाना चलाएको समयलाई सुरवात मान्ने हो भने नेपालको मुद्रण उद्योगको ईतिहास १७१ बर्ष पुरानो रहेछ । नेपाल प्राचीन ऋषिहरुको तपोभूमि र गुरुकुल शिक्षाको केन्द्र हुँदाका बखत हाते प्रबिधिबाट गरेको छपाई अझ पुरानो अवश्य थियो । तथ्यगत रुपमा धेरै कुराहरु प्रमाणित हुन बाँकि रहेको भए पनि नेपालको मुद्रण उद्योगलाई आत्मनिर्भरता तर्फ डोर्याउँन बि.सं । १९४९ मा काठकान्डौ निबासी त्रिरत्न बज्राचार्यले आफ्नै हातले बनाउँनु भएको फलामे मेसिन निकै महत्वपूर्ण मान्न सकिन्छ । बुद्ध प्रेसको नामले सञ्चालित उक्त छापाखाना बि.सं.१९४९ देखि १९७९ सम्मको तीन दशक अविछिन्न चलेको तथ्यहरु भेटिएका छन् । यसले नेपालको बिकासमा मुद्रण उद्योगको गरिमा ज्वजल्यमान ईतिहासलाई दर्शाएको छ ।

आज नेपालमा मुद्रण उद्योगहरु करिब पाँचहजार को हाराहारिमा छन् । थुप्रै प्रतिकुलताहरु चिर्दै एकहजार करोड भन्दा पनि बढि लगानि यो क्षेत्रमा हुनु चानचुने कुरा होइन । यो क्षेत्रलले झण्डै दुईलाख प्रेतेक्ष र हजारौंको संख्यामा अप्रतेक्ष रोजगारि श्रृजना गरेको छ । धेरै उद्योगहरु शहर केन्द्रित भए पनि यो क्षेत्रले सबै जिल्ला र स्थानीय तह सम्म समेटेको छ । यसरी राष्ट्रब्यापी रुपमा फैलिएको उद्यम एउटा मात्र क्षेत्र मुद्रण उद्योग हो । देशमा थप रोजगारिका अवसरहरु श्रृजना हुन उद्यमशिलता बढ्नै पर्छ । थप घरेलु , साना , मझौला र ठूला उद्योगहरु थपिदै जाँदा यो क्षेत्र पनि थप फैलिने र बिकसित हुने मौकाको व्यग्र प्रतिक्षामा छ ।

उद्यमशिलताको बिकास र मुद्रण उद्योग
देशमा जति जति उद्यमशिलताको बिकास हुन्छ त्यति नै छापाखाना समबद्ध ब्यावसायहरु पनि फस्टाएर जान्छन् । किनकि सबै उद्योगहरुका , आफ्ना लेवल , बजार प्रबर्धन , प्याकेजिङ तथा प्रिन्टिङको आवश्यकता हुन्छ । एक प्रकारले भन्दा मुद्रण उद्योहरु उद्योगहरुका पनि उद्योग हुन् भनेर भन्न सकिन्छ । श्वभावैले सुरुआति दिनमा नेपालको मुद्रण उद्योगले अक्षरहरुको खेती गरेर ज्ञानको प्रचार प्रशारमा लाग्यो । राष्ट्रको चेतानालाई अविबृद्धि गरेर परिवर्तनलाई सार्थक तुल्याउँने माहाँन उद्देश्यका निमित्त जीवनको महत्वपूर्ण उर्जा र शम्मपत्ति यो क्षेत्रमा लगाउँने अग्रजहरुले वाक र प्रेस श्वतन्त्रता जस्ता उपलब्धिलाई नै जीवनको महत्वपूर्ण कमाई मानेर चित्त बुझाए ।आज अवस्था बदलिएको छ ।

मुद्रण उद्योगले देशको आवश्यक्तालाई आत्मसात गरेको , लगानि वृद्धि हुँदै गएको र राष्ट्रको एउटा महत्वपूर्ण रोजगार क्षेत्र बनेको अवस्था छ । नविनतम प्रविधिको बिकासले पेपरलेस युगको सुरवात हुँदै गएको भएपनि अझ पनि मुद्रण उद्योगको उपादेयता सकिएको छैन । लेख्ने तथा पढ्ने संस्कृतिको बिकास संतोषजनक रुपमा बढ्दै गइरेहको पनि छ । देशमा प्रचुर मात्रामा बिद्युत उत्पादन भएर बिद्युतिय उर्जा बिक्रि गर्ने भन्दा विशाल ठूला छिमेकी राष्ट्रका ठूला ठूला मुद्रण । कागज तथा प्याकेजिङका कामहरु हाम्रो देशमा गर्न सकिने प्रचुर संभावना समेत बढेको छ ।
खासगरेर धेरै प्रकारको जनशक्ति,प्रविधि र कच्चा पदार्थलाई प्रयोगमा ल्याउँनु पर्ने भएको हुनाले यो क्षेत्रले उद्यमशिलताको बिकासमा ठूलो योगदान गरेको छ ।

एक दशक अघि समान्य पुस्तक बाइण्डिङ गरेको भाइ , डिजाइनिङ सिक्दै गरेको तथा प्रेसमा समान्य अपरेटर र तिनका शहयोगी बनेकाहरु समेत आफ्नो लगन र परिश्रमले आफै उद्यमी बनेर सफलतापूर्वक जीवन चलाएको देख्न सकिन्छ । अलिकता लगन,परिश्रम र थोरै लगानीबाट पनि उद्यमशिलताको बिकास यो क्षेत्रमा झैं अरुमा कमै हुन्छ । बितेको तीन दशकमा यो क्षेत्रमा छिरेर राम्रो सफल उद्यमीको रुपमा स्थापित हुनेहरुलाई देख्दा प्रशस्त संतोष मान्ने ठाउँ छ ।

नीति निर्माताको कोपभाजनमा मुद्रण उद्योग
आज देश हरतरहले परनिर्भरतातर्फ उन्मुख छ । सरकारमा बस्नेहरुले उत्पादनलाई भन्दा आयातलाई प्रोत्साहित गरिरहेका छन् । हरेक नेपालीले खाने गाँस गासमा कर लागेको छ । धेरैलाई थाहा नहोला सरकारले चामलमा समेत भ्याट लगाएको छ । अर्कोतिर ठूला शहर , फराकिला बाटा र बिमानस्थलको निर्माणमात्र बिकास हो भन्ने भ्रम छरिएको छ । भ्रमकै कारण आवश्यकताको पहिचान नै नगरि अत्यन्तै ठूलो संख्यामा होटल तथा भवनहरु बनाएर गैर उत्पादनमुखी क्षेत्रमा नीजिक्षेत्रको समेत पैसा डुबेको छ । खास गरेर ठूला शहरमा अन्धाधुन्द भएको लगानीले अर्थतन्त्रमा समेत जोखिम बढाएको अवस्था छ । अर्को तर्फ तिब्र रुपमा उत्पादनमुलक उद्योग क्षेत्रको बिकास नहुँदा हामी पत्र पत्रिका , पाठ्य पुस्तक , पर्चा पम्मपलेटमा सिमित छौं ।

खासगरेर ०४६ सालको परिवर्तन पछि हामीले यो क्षेत्रको करिब ८० ५ आयातलाई प्रतिस्थापित गरेका छौं । तर प्रचुर संभावना भएको कागज उत्पादन देशमा नहुँदा ९ आवश्यकता भन्दा निकै न्यून भएको ० वास्तविक रुपमा आयात प्रतिस्थापन गरियो भन्न समेत अफ्ठेरो लाग्ने अवस्था छ । राज्यको गलत नीतिकै कारण देशको एक मात्र ठूलो भृकुटी कागज कारखाना बन्द भएपछि कागजमा हामी पूरै परनिर्भर भएका छौ। हामी उद्यमीहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा अग्रसर भईरहदा हाम्रो नीति निर्माता र नोकरशाहीतन्त्र कहिल्यै उद्योग मैत्री भएन । अझ मुद्रण उद्योग प्रति सरकार कहिल्यै सकारात्मक बन्न सकेन ।

उधारणको निमित्त कागज , मसि , प्लेट जस्ता कुरामा ०५५ देखि ३५५ सम्म भन्सार र १३ ५ मुअ कर लागेको छ । यसको ठीक बिपरित बिदेशबाट छापिएर आउँने अधिकाँस समानमा भन्सार शुन्य छ । एक प्रकारले भन्दा नीति निर्माताको नियत नै छैन उद्योगहरु चलुन् भन्ने १ उधारणको निमित्त औसधि उद्योगको कुनै पनि कच्चा पदार्थमा कुनै प्रकारको कर लाग्दैन । उनीहरुले औसधि जन्य बसणतुको प्याकेजिङ , प्रिन्टङ तथा लेभलहरु पनि बिना भन्सार नै आयात गर्न पाउँने सुबिधा छ । मैले यहाँ अरु उद्योगको रिस डाहा गरेको होइन । ओखति जस्तै बाबु नानीले पढ्ने किताब लेख्ने कापीले किन महत्व पाएन भन्न मात्र खोजेको हो । कच्चा पदार्थमा नै मुअकर र भन्सार धेरै ठोकिदिएपछि कसरी प्रतिस्पर्धामा चल्न सक्छन् हाम्रा उद्योग हरु ? ूएउटा उधारण ( बिदेशबाट आउँने पाठ्यपुस्तकहरुमा केही कर लगाउ सरकार भनेर हामीले तीन दशकदेखि बिन्ति गर्यौं । ईतिहासमा पैलो पटक युवराज दतिवडा अर्थमन्त्री हुँदा यसको सुरवात के भएको थियो पहुँचवाला पुस्तक आयातर्ताहरुले बिष्णु पौडेल अर्थ मन्त्री हुँदा खारेज गराई छाडे ।

यो उधारणबाट के पुष्टि हुन्छ भने नीति निर्मातालाई देशमा उद्यमशिलताको बिकास गर्नु नै छैन ।ू खास गरेर साना तथा मझौला उद्योगीहरुलाई प्रोत्साहित गर्ने कुरा भाषण र दस्ताबेजमा मात्र हो । एक पटक बिचार गरौं त जनशिक्षामा सरकारले कति लगानी गरेको छ ? त्यस्तै हालत मु्द्रण बिभागमा छ । दिनहु भैरहने कमिसनका खेल सेक्युरिटी प्रेस खरिद , काजका घोटाला के को कति सुनेर बस्ने ? एक प्रकारले आज पनि भ्रष्टाचार र बेथतिको माहाँमारीले ब्याप्त छन् सरकारका मुद्रण सम्बद्ध संस्थानहरु । अर्बौं रकम खर्च गरेर पनि जनताका छोरा छोरीलाई ६ महिना सम्म पाठ्यपुस्तक दिन नसक्ने उद्योग किन चलाउँछ सरकार १ कुरा क्लियर छ आफ्ना मान्छे भर्ति गर्ने तिनकै माध्यमबाट राष्ट्रदोहन गर्ने १ हामी सम्पर्ण मुद्रण उद्योगीहरु सरकारलाई चुनौति दिन्छौं ( सरकार जनक शिक्षा र मुद्रण बिभागका साधन स्रोत हामीलाई दे हामी सरकारलाई भाडा,कमाएर राजश्व तिर्ने मात्र होइन देशभरका बिद्यालयमा ऐलेको मूल्य भन्दा कम्तिमा २५५ मूल्यमा पाठ्यपुस्तक पुर्याउँछौ ? सरकारले लागू गरेको पाठ्यपुस्तकहरु खुल्ला बजारमा छोड न त ? तिम्रो सस्तो राम्रो हुने कि हाम्रो आउ प्रतिस्पर्धा गरौ ।

अन्त्यमा बैदेशिक ऋण,अनुदान तथा रेमिटेन्सको भरमा चलेका देशहरुको अभिगतलाई हेरेर उत्पादनशिल क्षेत्रमा लगानी बृद्धिको निमित्त ध्यानाकर्षण गर्ने हो उद्योग क्षेत्रले । श्वदेशी उत्पादन वृद्धि नगरे सम्म कच्चा पदार्थ , उर्जा र श्रम बेचेर देश उभो नलाग्ने कुरा स्मरण गरौं । ऋण खोजेको पैसाले बनाएका शडक , पुल र बिमानस्थल मात्र बिकास होइन । बिकास त स्थानीय साधन , स्रोत , श्रम र सीपको अधिक से अधिक उपयोग बाट गरिने दिगो राष्ट्र निर्माण हो । देशको जनशक्तिलाई उत्पादन कर्ममा देशभित्रै लगाउँन सक्ने नै साँचो अर्थमा बिकास हो र राष्ट्र भक्ति पनि १ हामी देशको मुद्रण सम्बद्ध उद्योगमा थप लगानी गर्न ।

दिनहु बिदेश गइरहने युवाहरुलाई देशमै रोजगारी श्रृजना गर्न र राष्ट्रिय आयमा थप योगदान गर्न हरदम तयार छौं । देश ३बनाउँछौ भनेर ३बिगार्दै लगेकाहरु र अब देश ३हामीलेबनाउँछौ भनेर आएका ३दुबैथरिले सुन( हामी उद्योगीहरुले फ्रि मा महलको बास खोजेका छैनौं । नत देशनै ३धितोराखेर सुबिधा खोजेका छौं । हामीले बजेट भाषण अघि राष्ट्रलाई ठूलो हानि नोक्सानि हुने र हामीलाई राता रात अर्बौ फाइदा हुने कुनै कुनै नीतिगत फेरबदल पनि खोजेका छेनौ । हामीलाई हाम्रा मेसिनरीहरुको पनि मुल्याङ्कन गरेर अलिकता ऋणको ब्यवस्थाको नीति बढाउ , युवाहरुलाई दिने भनेको बिना धितो १५ लाखलाई २५ लाख पुर्याउ र अत्यन्तै महत्वपूर्ण कुरा कच्चा पदाथर्थको मुअकर र भन्सार घटाएर तयारी रुपमा आयात गरिएका समानमा अलि बढि कर लगाउ ।

यति भयो भने हामी बाँच्न , थप रोजगारी श्रृजना गर्न र सरकारलाई कर तिर्न सक्षम हुनेछौं । सरकारलाई दवाब दिन तथा राष्ट्रलाई आवश्यक उद्योगमैत्री नीति निर्माणमा घच्घचाउँन भात्रृ संस्थाको रुपमा देखा पर्ने संघ , संगठन र माहाँसंघहरुका भूमिकाहरु पनि सकारात्मक छैनन् । नेताहरुलाई माला , खादा र मञ्चको जोहो गरेर चाकडी फर्माउँने बाहेक श्रृजनात्मक क्रियाकलापहरु खासै भएका देखिदैनन् । उद्योगीहरुका संस्थाहारु क्लबहरुको स्तर बाट अलिक माथि उठ्नु पर्ने आजको आवश्यकतालाई मनन गरौं ।

लेखक भुवनेश्वर अर्याल युनिभर्सल छपाई उद्योग बुटवल,रुपन्देहीका सञ्चालक हुन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस