जुम्लाको खेलकुद विकासका लागि खेलक्षेत्रका विज्ञसंग निरन्तर छलफलमा नरजीत शाही

जुम्लाका यूवा खेलाडी नरजीत शाही जुम्लाको खेल क्षेत्रको विकासका लागि निरन्तर छलफलमा जुटेका छन् । हाल काठमान्डौ रहेका उनी जुम्लाको खेल क्षेत्रको विकासका लागि खेल क्षेत्रका विभिन्न विज्ञ व्यक्तिहरुसंग निरन्तर छलफल गरिरहेका छन् ।

खेलकुद विकास समिति जुम्लाको अध्यक्षको समेत आकाँक्षी शाहीले जिम्मेवारी पाएमा जुम्लाको खेलकुद क्षेत्रमा उल्लेखीय सुधार गर्ने बताउदै आएका छन् ।

खेलकुद विकास समितिको अध्यक्षमा आकांक्षा राखेका शाहीले हाल काठमान्डौंमा क्रिकेटका सफल प्रशिक्षक जगत टमटा, भलिबलका अनुभवी प्रशिक्षक जगदिश भट्ट र तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक विष्टलाई भेटेका छन् ।

भेटमा उनले जुम्लामा क्रिकेट, भलिबल, फुटबल र तेक्वान्दोको विकासका सम्भावनाका बारेमा छलफल गर्दै विशेषज्ञहरूको सल्लाह लिनुभएको छ। आफैँ पनि फुटबल कोच र खेलाडी हुनुभएका शाहीले जुम्लामा खेलकुद पूर्वाधार र खेलाडी उत्पादनका लागि नयाँ योजना बनाउने बताउनुभएको छ।

जगत टमटा नेपाली क्रिकेट टिमलाई सम्हाल्ने पहिलो नेपाली प्रमुख प्रशिक्षक हुन्। उहाँको नेतृत्वमा नेपालले डिभिजन टु जित्दै विश्व क्रिकेटमा ऐतिहासिक सफलता हासिल गरेको थियो।

दिपक विष्टले दक्षिण एसियाली खेलकुदमा चार पटक स्वर्ण पदक जितेर इतिहास रचेका छन्। उहाँ तेक्वान्दो खेलमा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने एक सफल खेलाडी हुन्।

जगदिश भट्ट नेपाली भलिबल टिमका मुख्य प्रशिक्षक हुन् जसको तालिममा नेपाल पुलिस क्लबले घरेलु प्रतियोगिताहरूमा दबदबा कायम गरेको छ। उहाँको कुशल योजनाले राष्ट्रिय भलिबल टोलीलाई विभिन्न अन्तर्राष्ट्रिय खेलमा पदक दिलाउन महत्वपूर्ण भूमिका खेलेको छ।

खेलकुद विकासका लागि आवश्यक अनुभव, योजना र सहकार्यको खोजीमा रहेका नरजीत शाहीले काठमाडौँमा नेपाली खेलकुदका प्रतिष्ठित व्यक्तित्वहरूसँग भेटघाट गर्नुभएको छ।

उहाँले नेपाली क्रिकेट टोलीका पूर्व प्रमुख प्रशिक्षक जगत टमटा, राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जगदिश भट्ट तथा नेपालका कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टसँग छुट्टाछुट्टै भेट गरी जुम्लामा क्रिकेट, भलिबल, फुटबल र तेक्वान्दोको विकासका सम्भावना, खेल पूर्वाधार निर्माण, प्रशिक्षक उत्पादन र प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउने विषयमा विस्तृत छलफल गर्नुभएको हो।

भेटका क्रममा तीनै खेल विज्ञहरूले जुम्लामा खेलकुदको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै दीर्घकालीन योजना, नियमित प्रशिक्षण, आवश्यक पूर्वाधार निर्माण र स्थानीय तहबीच समन्वय भए जुम्लाले राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडी उत्पादन गर्न सक्ने धारणा व्यक्त गरेका थिए।

शाहीले आफूले खेलकुद विकास समितिको नेतृत्व गर्ने अवसर पाए जुम्लामा खेलमैत्री वातावरण निर्माण, विभिन्न खेलका नियमित प्रतियोगिता सञ्चालन, दक्ष प्रशिक्षकको व्यवस्था तथा युवा खेलाडीलाई आवश्यक अवसर उपलब्ध गराउने गरी योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उहाँले आगामी दिनमा पनि खेलक्षेत्रका विज्ञहरूसँग निरन्तर छलफल र सहकार्यलाई अघि बढाउँदै जुम्लाको खेलकुद विकासका लागि सक्रिय रहने बताउनुभएको छ।

प्रकाशित मिति : २०८३ साउन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस