
जुम्ला । कर्णालीका बारेमा लेखिनुपर्ने विषय धेरै छन् । यसका बारेमा नलेखिएका विषय झन कति छन् कति । अहिलेसम्म लेखियो त केवल भोकमरी,अभाव र विकटताका कथा व्यथा । अहिलेपनि कर्नाली दुर्गम हो, विकट हो ? भन्ने विषयलाई प्राथमिकतामा राखेको छ,खासगरी मिडियाले ।
सूचनाको संवाहको रुपमा रहेको मिडिया कर्नालीमैत्री छैन । राज्यदेखि मिडियासम्मले कर्नालीलाई प्राथमिकतामा कहिल्यै राखेनन् । उहिलेदेखि अहिलेसम्म
मूलधारका मिडियामा कर्नालीबारे प्रसस्त लेखिनुपर्छ, कर्नालीको सम्भावनाको विषयमा ।
कर्नालीको प्राकृतिक सुन्दरता । यहाँको मौलिक र अर्गानिक संस्कृति र संस्कारको विषयमा छ । अझ छुटाउनै नहुने विषय भनेको यहाँको भाषाको विषयमा हो ।
ठिकै छ,मूलधारको मिडियाले लेखेन । कर्नालीलाई प्राथमिकतामा राखेन । फेरिपनि, प्रमुख दायित्व त हाम्रै हो । कर्णाली ( कर्नाली हुनुपर्ने थियो) मिसन डटकमले लेखोस् ।
यसको लागि आवश्यक छ, मिसन पत्रकारिता ।
मिसन पत्रकारिता सुरु गरोस् । माटो सुहाउँदो, समय सुहाउँदो,आवाज विहीनहरुका आवाज बोल्ने, दुरजराजका कथा बोल्ने ग्रामीण पत्रकारिता । शासकका आवाज मात्रै मुखरित नहुन् । आजित र शासित वर्ग यसका प्रमुख कन्टेन बनून् । अहिलेसम्म लेख्नैपर्ने तर,लेखिएका नयाँ नयाँ समाचार,फिचर,कथासहित निरन्तर प्रकाशनको शुभकामना छ ।
जुम्ला जिल्लाको गौरवपूर्ण इतिहास छ । नेपाल राज्यको एकिकरण हुनु पूर्व बाइसे राज्यहरुको मुख्य केन्द्र थियो, जुम्ला । मध्यकालीन युगमा जुम्ला एक समृद्ध एवं शक्तिशाली राज्यको रुपमा रहेको तथ्य प्रष्ट हुन्छ । सुन्दर चम्किलो हिमाली चुचुराहरु, तालहरु र मनमोहक अनगिन्ती प्राकृतिक नदिहरुले सिंगारिएको जुम्ला प्राकृतिक सम्पदा र संस्कृतिको धनी छ ।
साविक कर्णाली अञ्चलको सदरमुकाम समेत हो ।
जुम्ला जिल्लाको आफ्नै विशिष्ट पहिचान छ । नेपाली भाषाको उद्गम थलो हो,जुम्ला । यसको परिचय यसमा मात्रै सीमित छैन । विश्व कै अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलो छ । लछाल कृति पैकेलोको जन्मभूमि हो । समाज शास्त्री डोर बहादुर विष्टको कर्मथलो हो । रत्नाकर देवकोटादेखि महाशंकर देवकोटादेखिसम्म ।
खासगरी मोफसल पत्रकारितामा मिसन पत्रकारिताको अभ्यास नै भएको छैन । हामी अहिलेपनि कपीपेष्ट पत्रकारितामा रुमलिरहेका छौं । पत्रकारितालाई समाज सेवाको माध्यमको रुपमा विकास गर्न नसकेको तितो यर्थाथ हामीसँग छ । एक पत्रकारिता एक अनलाइन खुबै फस्टाएको छ ।
पत्रकारिता हतारको साहित्य हो । यो समाजको ऐनापनि हो । के हामी समाजको ऐना बन्न सकेको छौं त ? यो बहसको विषय हो । पछिल्लो समय जुम्लामा जसरी मिडियाको विकास भएको छ । यो एकप्रकारले राम्रो कुरा हो । अहिलेसम्म स्थापित,सञ्चालित मिडियामा मिसन पत्रकारिताको खडेरी छ ।
त्यसको पछिल्लो निरन्तरता हो, कर्णाली मिसन डटकम् आएको छ । यसले मिसन पत्रकारिताको अभाव पूर्ति गर्न सक्नुपर्छ । पत्रकारितामा पछिल्लो समय मौलाईरहेको गलत प्रवृत्तिको साक्षी नबनोस् ।
यसलाई शासकमुखी,एनजिओमुखी र विज्ञापनमुखी पत्रकारिता मात्रै गर्ने छुट छैन । मिडियाहरुको भीडमा फरक देखिनुपर्ने, यसका सामग्री फरक र नयाँ हुनुपर्ने चुनौतीसमेत बोकेको यो आएको छ । त्यसको लागि आवश्यक मिसन पत्रकारिता नै हो ।
यहाँको शैक्षिक, आर्थिक, सामाजिक,सांस्ंकृतिक, ऐतिहासिक तथा पुरातान्विक विषयपनि कलम् चलोस् ।
परम्परा र संस्कृतिलाई स्थान दिँदै सामाजिक कुरिती र कुसंस्कारका विरुद्ध डटेर पत्रकारिता गरोस् । कर्णाली मिसनबाट मिसन पत्रकारिताको सुरुवात हो, यसको टिमलाई भव्य शुभकामना ।