स्याउ बगैँचा व्यवस्थाबारे ३ दिने तालिम: राेग किरा नियन्त्रणदेखि उत्पादन बृद्दिमा जाेड

जुम्ला । कर्णालीकाे आर्थिक समृद्दी किसानकाे जीविकाेपार्जनकाे मुख्य स्राेत मानिएकाे स्याउ खेतीकाे विस्तार तथा उत्पादन बृद्दिका लागि कर्णाली कृषि अधिकृत तथा कृषि प्राविधिकलाई तीन दिने स्याउ बगैँचा व्यवस्थापन विषयक तालिम संचालन गरिएकाे छ ।

स्याउकाे उत्पादन बृद्दि,राेगकिरा निवारण तथा समग्रमा बगैँचा ब्यवस्थापनबारे सिकाउने उदेश्यले साविक कर्णालीका पाँच सहित ८ जिल्लाका ३३ जना कृषि अधिकृत तथा कृषि प्राविधिकिलाई बगैँचा व्यवस्थापनबारे तालिम आयाेजना गरिएकाे हाे ।

सहभागीलाई शितोष्ण बागवानी विकास केन्द्र मार्फा, मुस्ताङ्गका बागवानी विकास अधिकृत मद्मनाथ आत्रेय,परियोजना कार्यान्वयन एकाइ नुम्ना सुर्खेतका बरिष्ठ कृषि विकास अधिकृत  डा.लक्ष्मी नारायण दास,परियोजना कार्यान्वयन एकाइ खुमलटार, ललितपुर बरिष्ठ कृषि अधिकृत दिनेश प्रसाद सापकोटाले स्याउ बगैचाबारे प्रशिक्षण दिएका थिए ।

कृषि विकास कार्यालय डाेल्पाका कृषि अधिकृत महेन्द्र मल्लले वर्षेनि स्याउ खेति विस्तार भएपनि सीप र ज्ञानकाे अभावले उत्पादन घटेकाे बताए । उनले भने,’ व्यवसायीक रुपमा खेति गरेपनि मल बीउ,सिचाई बिरुवा काटछाट,राेक किराकाे निवारण,व्यवस्थापन लगायतका विषयमा धेरै कुरा सिकेका छाै । जिल्लामा भएर गाउँगाउँमा सिकाउन प्रतिबद्द छाै । तर साविक कर्णालीका किसानलाई लाभान्वित हुने गरि आयाेजना भएकाे तालिम स्याउ बगैँचा व्यवस्थापनका लागि काेशे ढुंगा सावित हुने छ ।’

यतिबेला कर्णालीमा स्याउ बगैँचा व्यवस्थापनकाे समय हाे । उपयुक्त समयमा बगैँचा व्यवस्थापनबारे तालिम पाउँदा राहत मिलेकाे सिंजा गाउँपालिका कृषि विकास शाखा प्रमुख मनिषा बुढाले बताईन् । उनले परम्परागत रुपमा गरिएकाे स्याउ खेतिले श्रमनुसारकाे प्रतिफल नदिने भएकाेले आबश्यक ज्ञानसिप आबश्यक रहेकाे उल्लेख गरिन् ।

कृषि अनुसन्धान केन्द्र जुम्लाका प्रमुख डाक्टर नवराज आर्चायले कर्णालीलाई अर्गानिक स्याउकाे प्रदेश बनाउन गुणस्तर उत्पादनमा ध्यान दिनु पर्ने बताए । तालिममा सिकेका कुरा व्यवहारमा लागू गरि स्याउ खेतीलाई फष्टाउन सहयाेग पुग्ने उल्लेख गरे ।

परियोजना कार्यान्वयन एकाइ खुमलटार, ललितपुरका बरिष्ठ कृषि अधिकृत दिनेश प्रसाद सापकोटाले कर्णालीमा स्याउकाे प्रचुर सम्भावना भएपनि बगैँचा व्यवस्थापन र राेग किरा निवारणबारे ज्ञान नहुँदा अपेक्षित उत्पादन हुन नसकेकाे बताए ।

उनले भने,’जुम्लाकाे स्याउलाई ब्राण्डिङ गर्न उत्पादन गुणस्तर हुनुपर्छ । ग्रेडिङ अनिवार्य हुनुपर्छ । खेती विस्तार मात्र नभई उत्पादनदेखि बजारीकरणमा सहज हुनेगरी नीतिगत कुरामा सरकारले जाेड दिनु पर्छ भने किसानलाई आबश्यक ज्ञान सीप दिन आबश्यक छ।’

कर्णालीलाई अर्गानिक प्रदेश भनिएपनि यहाँकाे उत्पादनलाई पूर्ण अर्गानिक बनाउन खेतीपातिदेखि,राेक किरा निवारण,मलजल व्यवस्थापन, उत्पादन,लेबलिङ प्याकेजिङमा ध्यान दिनु पर्ने उल्लेख गरे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चाैलागाँईले तालिम ओेैपचारिकतामा मात्र सिमित नभई उत्पादन बृद्दि हुने गरी कार्यान्वयन गर्नु पर्ने बताए । किसान सरकारी सीप ज्ञान,अबसरबाट बन्चित भएका छन् । अब स्याउ किसानका पक्षमा प्रथामिकता दिनु समेत सुझाव दिए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन एकाइ, खुमलटार ललितपुर, परियोजना कार्यान्वयन एकाइ (समन्वय), सुर्खेत र  परियोजना कार्यान्वयन एकाइ, जुम्लाको संयुक्त आयोजनामामा स्याउ बगैँचा व्यवस्थाबारे तालिम संचालन गरिएकाे परियाेजना जुम्लाका प्रमुख खेमराज शाहीले बताए । 

जुम्लामा पहिलाे पटक कृषि अधिकृत/सहायक स्तरीय स्याउ बगैंचा व्यवस्थापन तथा काँटछाँट विषयक तालिम संचालन भएकाे र यसले स्याउकाे उत्पादन बृद्दिमा टेवा पुराउने विश्वास छ ।
उनका अनुसार जुम्लामा उच्च घनत्वकाे स्याउ खेति ५२ सय हेक्टर क्षेत्रफलमा भईरहेकाे छ । भने यस वर्षमा स्याउ निर्यातबाट ६१ कराेड आर्थिक भित्रिएकाे छ ।

जुम्ला,कालिकाेट,मुगु,हुम्ला,डाेल्पा,अछाम,दार्चुला र सुर्खेत गरि ८  जिल्लाका ३३ जना कृषि अधिकृत तथा कृषि प्राविधिककाे सहभागिता रहेकाे प्रमुख शाहीले उल्लेख गरे  ।

प्रकाशित मिति : २०८१ माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस