संघिय सरकारबाट जुम्लाका ८ पालिकालाई २ अर्ब ४७ करोड,(कुन पालिकामा कति बजेट )?

जुम्ला सदरमुकाम खलंगा ।

जुम्ला । संघिय सरकारले आगामी आव २०७९÷८० का लागि कर्णाली प्रदेशको जुम्ला जिल्लाका आठ स्थानीयतहलाई झण्डै २ अर्ब ४७ करोड अनुदान वित्तिय हस्तान्तरण गरिएको छ ।

आईतबार सार्वजानिक भएको बजेट अनुसार जुम्लाका आठ पालिकालाई विभिन्न चार अनुदानका शिर्षकबाट २ अर्ब ४७ करोड ५३ लाख बजेट विनियोजन गरेको हो ।

समानीकरण अनुदान,शर्सत अनुदान,विशेष अनुदान र समपुरक अनुदान गरी चार वटा शिर्षकबाट स्थानीय तहलाई वित्तिय हस्तान्तरण गर्ने व्यवस्था छ । जस अन्तरर्गत चारवटै शिर्षकबाट गरी जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकालाई ४० करोड ४३ लाख अनुदान आएको छ ।

भने,गाउँपालिका तर्फ यहाँको तिला गाउँपालिकाले सबैभन्दा बढी ३७ करोड ३७ लाख अनुदान प्राप्त गरेको हो । सबैभन्दा कम गुठिचौर गाउँपालिकाले २० करोड ५२ लाख अनुदान पाएको छ ।

त्यस्तै,कनकासुन्दरी गाउँपालिकामा ३१ करोड ५५ लाख, तातोपानी गाउँपालिकाका लागि ३१ करोड ५ लाख बजेट विनियोजन भएको छ ।

साथै,पातारासी गाउँपालिकामा ३१ करोड,सिंजा गाउँपालिकामा २७ करोड ५१ लाख र हिमा गाउँपालिकाका लागि २८ करोड १० लाख गरी जुम्लाका आठ स्थानीयतहमा २ अर्ब ४८ करोड ५३ लाख बजेट विनियोजन भएको अर्थमन्त्री जनार्दन शर्माले सार्वजानिक गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

आगामी आवका लागि समग्रमा जुम्ला जिल्लाका लागि समानीकरण अनुदान तर्फ ८६ करोड ६ लाख,सर्शत अनुदान तर्फ १ अर्ब ३५ करोड ४८ लाख,विशेष अनुदान तर्फ १७ करोड १७ लाख र समपुरक अनुदान तर्फ ८ करोड २२ लाख विनियोजन भएको छ । जमध्य चालुतर्फ २ अर्ब ९ करोड ३ लाख र पुजीँगत तर्फ ३८ करोड २३ लाख छुटाइएको छ ।

साथै कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहलाई कुल २६ अर्ब अनुदान उपलब्ध गराइएको छ ।

 

प्रकाशित मिति : २०७९ जेष्ठ २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस