सुर्खेत –  सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन अत्यन्तै रोचक र प्रतिस्पर्धात्मक बन्ने देखिएको छ। नेपाली कांग्रेसका कार्यवाहक उपसभापति पूर्णबहादुर खड्का, नेकपा एमालेका धुर्वबहादुर शाही, नेपाली कम्युनिस्ट पार्टीका जितबहादुर राना तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवि किरण हमाल चुनावी मैदानमा आमनेसामने उत्रिदै छन्। देशकै ठूलो दल नेपाली कांग्रेसका शीर्ष नेतादेखि ‘जेनजी आन्दोलन’मार्फत राष्ट्रिय पहिचान स्थापित गर्न सफल रवि किरण हमालसम्मको उपस्थितिले सुर्खेत–१ को निर्वाचनलाई विशेष चासोको विषय बनाएको छ।  बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापछि कांग्रेस र एमालेले वर्चस्व जमाउँदै आएको यो निर्वाचन क्षेत्रमा २०६४ सालको निर्वाचनमा समेत माओवादीले जित हात पार्न सकेन। यही ऐतिहासिक पृष्ठभूमिमा यसपटक राप्रपाका उम्मेदवार हमालले पुराना र स्थापित नेताहरूलाई कडा चुनौती दिने तयारी गरेका छन् । पटक,पटक निर्वाचित हुँदै आएका पूर्णबहादुर खड्काप्रति सुशासन र विकासका सवालमा अपेक्षित परिणाम नआएको भन्दै मतदातामा असन्तोष देखिन्छ । त्यस्तै, एमालेका उम्मेदवार धुर्वबहादुर शाही पनि निर्वाचित भए तापनि संसदमा उल्लेखनीय भूमिका निर्वाह गर्न नसकेको आरोप खेपिरहेका छन्। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार जितबहादुर रानाको प्रभाव क्षेत्र सीमित रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। यसबीच सुशासन, राष्ट्रियता र जवाफदेहिताको मुद्दामा निरन्तर वकालत गर्दै आएका रवि किरण हमालले विद्रोही स्वभावका नेता रूपमा सुर्खेतमा मात्र होइन, जेनजी आन्दोलनमार्फत राष्ट्रव्यापी पहिचान बनाउन सफल भएका छन्।उनको उम्मेदवारीलाई नयाँ पुस्ताको प्रतिनिधित्व र पुरानो राजनीतिक संस्कारप्रतिको चुनौतीका रूपमा हेरिएको छ। देशभर जस्तै सुर्खेत–१ मा पनि यसपटक नयाँ पुस्तालाई निर्वाचित गर्नुपर्ने जनभावना तीव्र रूपमा बढ्दै गएको देखिन्छ। यही जनआकांक्षा र पुराना राजनीतिक समीकरणबीच सुर्खेत–१ को निर्वाचनले कुन मोड लिन्छ भन्ने चासो बढ्दै गएको छ।

जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लामा तीन महिनामा ३८ मुद्दा  दर्ता भएका छन् ।चालू आर्थिक बर्ष २०८२/८३ को कार्तिक महिनादेखी पौषसम्म ३८ मुद्दा  दर्ता भएका हुन् । दर्ता भएका मुद्दा मध्ये ८ वटा मुद्दा फछर्यौट भएका छन्

जुम्ला – जुम्लामा १७ वटा एम्बुलेन्स र एक वटा शवबहान सञ्चालनमा रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र यहाँका ८ स्थानीय तहका १७ वटा एम्बुलेन्स र एक वटा शवबहान सञ्चालनमा रहेका छन् ।

जुम्ला । कर्णाली प्रदेशले पहिलो पटक संघिय भौतिक पूर्वाधार तथा यातायात मन्त्री पाएपछि कर्णालीको पूर्वाधार विकासले गति लिने आशा गरिएको छ । दशकौदेखि उपेक्षामा परेको कर्णाली राजमार्ग, नाग्म–गमगडी सडकको स्तरोनन्तिदेखि पुल निर्माण, लगायतको विकासले गति

जुम्ला – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिदै जान थालेपछि जिल्लास्थित मतदान स्थल अनुगमन गर्न थालिएको छ । निर्वाचनका सुरक्षा चुनौती र भौगोलिक अवस्था बुझ्ने उद्देश्यका साथ निर्वाचन पूर्व मतदान स्थल अनुगमन

जुम्ला ।  जुम्ला कारागारका कैदीबन्दीको स्वास्थ्य जाँच गरिएको छ ।जनस्वास्थ्य कार्यालय जुम्लाको आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा शनिवार ७२ जना कैदीबन्दीको स्वास्थ्य परिक्षण गरिएको हो । स्वास्थ्य परिक्षण गरेका मध्य अधिकांशमा उच्च रक्तचाप

जुम्ला । नेपालकै उत्कृष्ट पर्यटन गन्तव्यका रुपमा रहेको कर्णाली प्रदेशको मुगुमा स्थित रारा राष्ट्यि निकुञ्ज पछिल्लो वर्षमा लयमा फर्किएको छ । विगतमा वर्ष भन्दा तुलनात्मक हिसाबले रारा राष्ट्यि निकुञ्जमा पर्ने रारा ताल पछिल्लो दुई वर्ष यता

जुम्ला । कर्णाली मिसन अनलाईनका मुगु संवाददाता रतन रावल सम्मानित भएका छन् । मुगुलाई कार्यक्षेत्र बनाएर लामो समयदेखि सक्रिय पत्रकारिता गरिरहेका मिसनकर्मी रावल शुक्रबार सम्मानित भएका हुन् । छायाँनाथ रारा नगरपालिकाले आफ्नो १८ औं नगर

जुम्ला ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव प्रसाद चौलागाँईले महत्वपूर्ण तीन निर्णय गरेका छन् । शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै जुम्लाको हाँकुमा बेलिब्रिज निर्माण गर्नेदेखि कर्णाली राजमार्ग सुधार गर्ने लगायतका तीन निर्णय गरेका हुन्

जुम्ला । बढ्दो सडक दुर्घटना न्युनिकरणका लागि जुम्लामा सचेतना अभियान थालिएको छ । पछिल्लो समय जुम्लामा सवारीको चाप बढेसंगै दुर्घटनाको जोखिम बढेपछि दुर्घटना न्युनिकरण सचेता अभियान थालिएको हो । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको आयोजना शुक्रबार विहान